आज बन्न लागेको बागमती प्रदेशको सरकारमा सहभागि गराउँन सत्ता गठबन्धनले तय गरेका मन्त्रीहरुको जिम्मेवारी फेरिएको छ । यसअघि मुख्यमन्त्री रहेकी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा समेत केही दिनका लागि मन्त्री रहेर पछि राजीनामा दिएका नेकपा (एकीकृत समाजवादी)का प्रदेश संसदीय दलका उपनेता कृष्णप्रसाद खनालले पहिले सम्हालेकै मन्त्रालयको नेतृत्व गर्न नचाहेकाले गठबन्धनले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
गत भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्यसँगै सामाजिक विकासमन्त्री नियुक्त भएका खनालले पुन सोही मन्त्रालय पाएपछि मन्त्री बन्न अनिच्छा देखाएका कारण उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
खनालले सम्हाल्न नचाहेको सामाजिक विकास मन्त्रालय अब भने नेकपा माओवादी केन्द्र संसदीय दलको उपनेता कुमारी मोक्तानले सम्हाल्ने भएकी छिन् ।
खनाललाई व्यवस्थापन गरी मन्त्रालयको बिवाद मिलाएसँगै राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको सपथ लिएका छन् ।





















प्रतिक्रिया