Logo

अटो

अबदेखि नयाँ सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य



काठमाडौं । नयाँ सवारी साधन किन्नेहरुले अब अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ ।

सरकारले अबदेखि नयाँ सवारी साधनमा अनिवार्यरुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने नियम लागू गरेको हो ।

मंसिरदेखि दर्ता हुने सबै प्रकारका सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न प्रक्रिया सुरु गरिएको हो । यातायात व्यवस्था विभागका अनुसार सवारी धनीले आवेदन दिइसकेपछि विभागले प्रमाणीकरण गरी विभागको सिस्टमबाट इम्बोस्ड नम्बरप्लेट जारी गर्नेछ ।

त्यसपछि सवारीधनीले कोड पाउँछन् । उक्त कोर्ड लिएर यातायात व्यवस्था कार्यालय गएपछि उनीहरूले इम्बोस्ड नम्बरप्लेट प्राप्त गर्नेछन् । विभागले दिएको इम्बोस्ड नम्बरप्लेट अनिवार्य रूपमा सवारीधनी आफैँले जडान गर्नुपर्नेछ । इम्बोस्ड नम्बरप्लेटमा सवारी धनी र सवारी साधनको सम्पूर्ण विवरण रहने छ भने विद्युतीय चिप्स पनि रहने छ ।

वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आजदेखि इम्बोस्ड नम्बरप्लेटको प्रक्रिया सुरु भइसकेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको नाम लामो भएकाले उक्त प्रदेशमा यो नियम लागु हुन समय लाग्ने विभानले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार ०९:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।