नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका लागि पुनः मतदान हुने भएको छ । शनिबार भएको मतदानबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि फेरि मतदान हुन लागेको हो ।
शनिबार भएको निर्वाचनमा सभापतिका तीनजना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन सकेनन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरवबहादुरको पक्षबाट इन्द्रबहादुर बाँनिया, त्यस्तै रामचन्द्र पौडेलको पक्ष लिँदै जगदिश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौलाको पक्षबाट भीमसेनदास प्रधान चुनावी मैद्यानमा उत्रिएका थिए ।
पहिलो चरणको निर्वाचनबाट ईन्द्रबहादुर बानियाँले ९ सय ९२, जगदिश्वर नरसिंह केसीले ८ सय ७२ र भीमसेनदास प्रधानले १ सय ९७ मत ल्याए ।
कांग्रेसको विधानमा नेतृत्वमा आउन ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । कसैको पनि मत नपुगेपछि अब दोस्रो चरणको निर्वाचन हुने भएको हो । तेस्रो भएका सिटौला पक्षका भीमसेनदास मैदानबाट बाहिरिइसकेका छन् । दोस्रो चरणमा अब बानियाँ र केसीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रदेश नं। १ मा देउवा पक्षले सिटौला पक्षलाई सघाएका कारण वाग्मतीमा सिटौला बानियाँलाई समर्थन गर्नसक्ने सम्भावना बलियो देखिन्छ ।





















प्रतिक्रिया