राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व सम्हाल्दै आएका कमल थापालाई अध्यक्षमा पराजित भएका छन् । लामो समयदेखि एकछत्र पार्टी सञ्चालन गर्दै आएका थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन निर्वाचित भएसँगै उनी एकाएक चर्चामा आएका छन् । राजेन्द्रले १ हजार ८ सय ४४ मत ल्याएका छन् । कमल थापाले जम्मा १ हजार ६ सय १७ मत ल्याएका थिए । जसमा चार सय १३ मत बदर भएको थियो ।
राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको भनेर राजनीतिज्ञ तथा बौद्धिक वर्ग धेरैले प्रशंसासमेत गरेका छन् । अन्य राजनीतिक दलहरुका कार्यकर्ताहरुले राप्रपाका कार्यकर्ताले जसरी नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेको भन्दै सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा चलेको छ । २०२२ सालको भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा राजेन्द्र लिङदेन राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका लिङ्देनले २०३९ सालदेखि राजनीतिक यात्रा शुभारम्भ गरेपछि झापाली जनताको ढुकढकी बनेका छन् ।
उनी राप्रपाको विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’को संस्थापक अध्यक्ष समेत हुन् । लिङदेनले २०४९ र २०५४ सालको चुनावमा उनको चुनावी क्षेत्रमा गोलधापमा वडाध्यक्ष विजयी भई वडाध्यक्षको सफल कार्यभार सम्हालेका थिए । २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा समते बनेका लिङदेन २०५६ सालको संसदीय चुनावमा चुनावमा झापा क्षेत्र नं ३ मा तेश्रो स्थानको मत पाएका लिङदेन २०७० सालको चुनावमा दोश्रो हुँदै पराजयलाई आत्मसात गर्नु परेको थियो ।
झापा क्षेत्र नं ३ मा उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पटकपटक पराजित हुँदै आएका थिए । पछि उनै लिङ्देनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै यतिबेला चर्चामा आएका थिए । २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङदेन २०७० सालमा राप्रपा नेपालको महामन्त्री भएका हुन् ।
यस्तै राजनीतिक यात्रा गर्दै जाँदा लिङदेन यतिबेला झापा क्षेत्र नं.३ बाट प्रतिनिधि सभाका लागि निर्वाचित भएका थिए । समान्य गरिब परिवारमा जन्मेर पञ्चायती राजनीति हुँदै बहुदल आएपछि राप्रपाको राजनीतिमा लागेका झापाली नेता लिङदेनले प्रत्यक्षतर्फको जित दिलाएर राप्रपा पार्र्टीको साख जोगाएका छन् । त्यसो त लिङदेनले स्थानीय निर्वाचनमा पनि झापामा राप्रपाको साख जोगाएका थिए ।
अस्थिर राजनीति, भ्रस्टाचार, बेरोजगारी साथै महंगीको मारमा पिल्सिरहेका नेपाली जनताले पछिल्लो समयमा यिनै समस्याहरुलाई समाधान गर्नका आ–आफ्नो क्षेत्रबाट प्रतिनिधि चुने । यसअघि, प्रतिनिधिसभा र प्रदेश सभाका लागि भएको चुनावमा २ सय ७५ जनाको प्रतिनिधिसभाका लागि राप्रपाले मुलुकभरबाट एक सिट मात्र जित हासिल गर्यो ।
राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर–३ बाट विजयी हुँदै राप्रपाको इज्जत जोगाए । लिङ्देनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गरेर आफ्नो पार्र्टीको बिउ जोगाए । झापा–३ बाहेक राप्रपाले कहीँ पनि जित निकाल्न सकेन । मकवानपुर–१ बाट राप्रपाका अध्यक्ष कमल थापासमेत पराजित भए ।
हिन्दूराज्य र राजासहितको देश
गणतन्त्र घोषणा भएको एक दशक पनि बित्न नपाउँदै नेपालका हिन्दू राष्ट्रवादी पक्षले राजासहितको लोकतान्त्रिक व्यवस्था र धर्मसापेक्ष ‘हिन्दूराज्य घोषणा गर्नुपर्ने राजनीतिक योगलाई मूल नारा बनाउँदै आएकोमा त्यसले राजनीतिक आन्दोलनको स्वरूप ग्रहण गर्ने देखिन थालेको छ । राप्रपा (संयुक्त) र राप्रपाबीचको एकीकरण भएको छ । चुनाव चिह्न हलोमा अड्केको विवाद सजिलै सुल्झिने दाबी दुवै पक्षले गर्ने गरेका छन् ।
उता ‘हिन्दू राज्य’ पक्षमा व्यक्तिगतरूपमा वकालत गर्दै आएका नेपाली कांग्रेसका महासचिव शशांक कोइराला टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग राज्य भवनमा भेट गरेको समाचारले नेपाली राजनीति र कांंग्रेसभित्र एउटा नौलो तरंग छर्ने काम गरेको छ ।
उसो त नेपाली कांग्रेसका बहुमत नेता तथा कार्यकर्ताहरूले पार्र्टीका सभापति शेरबहादुर देउवालाई ‘हिन्दू राष्ट्र’का पक्षमा जानुपर्ने भन्दै आफ्ना सहीछापसहित ज्ञापनपत्र यसअघि नै बुझाइसकेका छन् । त्यसले नेपाली काँग्रेसभित्र ‘हिन्दू राष्ट्र’को पक्षमा लागिपर्नेको अत्यधिक बहुमत छ भन्ने प्रस्ट पार्छ ।
सबै परम्परागत सनातन हिन्दू धर्ममा आस्था राख्ने हिन्दू धर्मावलम्बी नै हुन् । त्यसकारण पनि हिन्दू राष्ट्रबारे विवाद चल्ने सम्भावना देखिन्न । हिमालय पर्वतीय क्षेत्रको सभ्यताको आफ्नै छुट्टै पाटो छ । हिन्दू धार्मिक मान्यताअनुसार हिमालय भगवान् शिव–पार्वतीको वासस्थान हो । यहाँ अनेक ऋषिमुनिहरूले तपस्या गरेर ज्ञानको ज्योति बालेको धार्मिक शास्त्रले बताउँछ । त्यस्तै, भगवान् बुद्धको जन्मस्थल नेपालकै लुम्बिनीमा जन्म भएको तथ्य निर्विवाद छ । किनकि अशोक सम्राटले नै स्तम्भ खडा गरी ‘यहाँ भगवान् बुद्धले जन्म लिनुभएको’ भनी अक्षर कुँदेका जिउँदो प्रमाण छ । त्यसैमा सिञ्जाका खसराजा रिपु मल्लले पनि आफ्नो नाम खोपेको अहिले पनि प्रष्ट देख्न सकिन्छ ।
पशुपतिनाथ, मुक्तिनाथजस्ता अनेकन शिवजीका धामहरू नेपालमै रहेका छन् । रामायणमा वर्णित जानकी मन्दिर पनि नेपालकै हो । कुनै–कुनै विद्वान्हरूले शिवलाई ‘गैरवैदिक’ भन्ने गरेता पनि त्यो तन्त्र विद्यालाई आधार मानेर भनेको देखिन्छ । तन्त्र विद्याका स्रष्टा उनै शिव र पार्वती मानिएको छ । हुन त अर्थववेदमा पनि केही जादुटुनाका मन्त्र पनि भेटिन्छ । कसैले त्यसलाई अनार्यहरूबाट आएको ‘शिल्प विद्या’ भन्ने गर्छन् । जे होस्, शिवशक्तिको महिमा हिमालयले बोकेको छ ।
अन्य राष्ट्रमा के छ हिन्दू धर्मको अवस्था ?
राष्ट्रको मूल पहिचान नेपालको सन्दर्भमा सनातन धर्मसँग गाँसिएको छ । त्यो उसको सदियौंदेखिको अभ्यास गर्दैै आएको जीवनशैली पनि हो । भोट –तिब्बतको प्राचीन धर्म पनि शैवमतका हो भन्ने गरिन्छ । जो तन्त्रमन्त्रमा विश्वास गर्छन् । विश्वको एक मात्र हिन्दू राष्ट्र नेपाल विश्वका सबै हिन्दूका लागि गौरवको विषय र धार्मिक केन्द्रका रूपमा लिइन्छ ।
हालै पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहको भारत भ्रमणलाई पनि अखबारहरूले अर्थपूर्ण रहेको भनी उल्लेख गरेको देखिन्छ । भाजपा सुरुदेखि नै हिन्दू धर्मको मर्मलाई आफ्नो लक्ष्य बनाएर उभिएको राजनीतिक पार्र्टी हो । उसले भारतलाई पनि ‘हिन्दू राष्ट्र’ नै घोषणा गर्ने भनी खुला रूपमै बोल्न थालेको छ । त्यस्तै विपक्षी मानिएका आम आदमी पार्टीका नेता केजरीवाल पनि हिन्दू राष्ट्रकै पक्षमा उभिने भएको मानिन्छ । उनले आफ्नो चुनावी सभामै ‘हनुमान चालिसा’ पाठ गरेका थिए । तैपनि उनलाई जिताउन दिल्लीको शाहिनवागमा नागरिक (संशोधन) बिलको विरोधमा महिनौंदेखि धर्ना बसेका मुस्लिम समुदायको पनि मत गएको मानिएको छ ।
भाजपाले दिल्लीमा जनमत हार्नुको मूल कारण उसले प्रान्तीय चुनावमा पनि आमनिर्वाचनमा जस्तै राष्ट्रिय मुद्दाहरू उठाएको र स्थानीय समस्यालाई सम्बोधन नगर्नुलाई मानिएको छ । भारतको झारखण्ड, महाराष्ट्र राज्यमा त्यस्तै भएको हो । यद्यपि, भारतमा अहिले ‘हिन्दू राष्ट्र’ हिन्दूस्तानको राष्ट्रिय राजनीतिक मुद्दा बनिसकेको छ । यसमा भाजपाबाहेक राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस), विश्व हिन्दू महासंघ, शिव सेना, बजरंग बलीजस्ता संगठनहरूको पनि ठूलो भूमिका देखिन्छ । उता श्रीलंका, बंगलादेश थाइल्यान्डमा पनि हिन्दू मन्दिरहरु छन् त्यहाँ पनि हिन्दू धर्म मान्ने मानिसहरु थुप्रै छन् ।
पृथक तर स्पष्ट राष्ट्रवादी दृष्टिकोणका कारण चर्चित बनेका लिङ्देन धर्मनिरपेक्षता, जातीय आरक्षण, सङ्घीयता र गणतन्त्रप्रति पूर्ण रूपले असहमतीका पक्षमा वकालत गर्दै आएका छन् ।
आफ्नो जित सँगै आगामी दिनमा झापाली जनतालाई सम्बोधन गर्दैे उनले भनेका थिए, ‘भ्रष्ट्राचार मेरो लागि आमाको रगत पिए बराबर हो । आगामी दिनमा केन्द्रमा राजनीति, झापामा विकास’ गर्नेछु । जुन विश्वासले मलाई भोट दिएर विजयी बनाउनुभएको छ, त्यसमा म दुःखी बनाउने छैन’ मलाई भोट दिने तथा नदिने सबै जनता मेरा लागि समान हुनुहुन्छ ।
राजासहितको हिन्दूराज्यलाई स्थापित गर्ने उनको दृढ संकल्प रहेको छ । उनी जहाँ जान्छन् । हिन्दूकै विषयमा वकालत गर्ने गर्छन् । तर, उनले एउटा मात्र धर्म, जाति, लिंग रीति र संस्कृति भन्दा पनि सबै जाति धर्म र समुदायमा समान न्याय हुनेगरी र कसैलाई चोट नपुग्नेगरी आफ्नो राजनीति र लक्ष्य अघि बढाउन् । आमनेपाली जनताको चाहना बमोजिमको समृद्ध राष्ट्र निर्माणमा गरिमामय योगदान पुगोस्, हार्दिक बधाई तथा शुभकामना ।
‘उनले एउटा मात्र धर्म, जाति, लिंग रीति र संस्कृति भन्दा पनि सबै जाति धर्म र समुदायमा समान न्याय हुनेगरी र कसैलाई चोट नपुग्नेगरी आफ्नो राजनीति र लक्ष्य अघि बढाउन् । आमनेपाली जनताको चाहना बमोजिमको समृद्ध राष्ट्र निर्माणमा गरिमामय योगदान पुगोस् ।’





















प्रतिक्रिया