राम र राबण युद्धका वेला दोस्रो पटक युवराज अंगत (बाली पुत्र)लाई दुतका रुपमा लंका पठायो उमेरले कान्छा कलिलो उमेरका युवराज अंगत रावण कुटनैतिक रुपमा शान्ति दुतका लागि लंका पुगे । विश्वास गर्न नसकिने अपरिपक्व कलिलो बालक रावणसंग हरेक तर्कमा सक्षम भए एक एक विषयमा रावण युवराजसंग नतमस्तक भयो र आफ्नो बलको घमण्ड गर्न थाल्यो चतुर युवराज अंगतमा पनि बलको पनि कमि थिएन ।
अंगत युवराजले रावणलाई चुनौती दिदै भने त्यस्तो बल छ भने म पनि बाली पुत्र हु जस्को पुच्छरमा बाधिएर ६ महिना सम्म बन्धक बनिस म त्यो बालीको छोरा हु मेरो यो खुट्टा जमिन बाट उठाएर देखाउ चुनौती दिए ? रावण क्रोधले व्याकुल भएर रावण सभामा रहेका एक एक वीरहरुलाइ आदेश दिए ।
कुनैले पनि युवराज अंगतको खुट्टा उठाउन सकेन तब रावण झनै क्रोधीत भएर आफै खुट्टा उठान अंगतको खुट्टा समाते तब युवराजले रावणलाई भने हे मुर्ख रावण मेरो खुट्टा समातेर मेरो चरणमा होइन महाराज रावणको चरण स्पर्श गर महाराजले अवस्य माफि गर्ने छन्। त्यति शक्तिशाली र महान विद्वान् रावणलाई खुट्टामा झार्नु त्यो कलिलो अंगतको महान कुटनिती र चतुर्याइँ थियो जब अंगतमा भने त्यति विश्वास गर्न सकिएको थिएन, ठूलो बहस र विवादका बिच अन्तिममा दुतका लागि टुंगो लागेको थियो ।
अब नेपालको अवस्था हेर्ने हो भने नेपालमा राजनिती प्रखर आफूलाई महान सम्झिने राजनितीक नेताहरुको कमी छैन, सम्मान विश्वास शून्य छ, देश बनाउने चलाउने होडबाजी छ तर आफ्नै पार्टी बनाउन त कहाँ हो कहाँ त्यही पार्टी पनि विधान अनुसार चलाउन सकेको छैन । फेरि उसैले अरुलाई पार्टी खोल्न उपदेश दिन्छ।शत्रु संग मित्रता नगरे सम्म उसको शक्ति थाहा हुदैन यो नै मुख्य रणनीति हो ।
कांग्रेस महाधिवेशन राजेन्द्र लिङ्देनका लागि चुनौती र अवसर दुबै थियो । कुटनैतिक र राजनीति रुपमा सक्षम लिङ्देनले यसको भरपुर तथा भरपर्दो दुबै लाभ लिए, यसले निकै महत्त्व राखेको छ । आफूले पाँच मिनेट समय लिएका लिङ्देनको खण्डन गर्न प्रचण्ड, ओली, माधव नेपालले आफ्नो सम्पूर्ण समय बिताएर पनि जनतामा भरोसा र विस्वस्त राख्न सकेनन् यो नै राप्रपा नव अध्यक्ष लिङ्देनको कुटनैतिक र राजनीतिक सफलताको विश्वासिलो आधार हो ।





















प्रतिक्रिया