सिडिएससीको मेरो सेयर प्रयोगकर्ताहरूकोलागि नयाँ नयाँ व्यवस्था गरिरहेको छ ।
नयाँ व्यवस्था अनुसार मेरो सेयर प्रयोगकर्ताले पासवर्ड बिर्सियो भने १०० पटकसम्म चान्स पाउने भएका छन् । यता पासफोर्ट चेन्ज गर्ने समय पनि ६ महिना बनाएको छ ।
यसअघि १० पटक भन्दा बढी मेरो सेयरको पासवर्ड बिर्सियो भने त्यो पासवर्डले काम नगर्ने र नयाँ पासवर्ड दिनुपर्ने व्यवस्था थियो ।
सिडिएससीका प्रमुख कार्यकारी अधिकृत सिइओ पूर्ण प्रसाद आचार्यका अनुसार यसअघि १० पटकसम्म प्रयास गर्दा पासवर्डले नमान्ने वार्निङ गर्ने र नयाँ लिनुपर्ने व्यवस्थालाई थपेर १०० पटक पुर्याएको बताए ।
१०० पटकसम्म प्रयास गर्दा पनि नमिलेको खण्डमा वार्निङ आएर क्यान्सिल हुने छ । आगामी दिनमा मेरो सेयर प्रयोगकर्ता अलि सचेत हुन आवश्यक रहेको उनको भनाई छ । लगानीकर्ताले आफ्नो महत्वपूर्ण डकुमेन्टको पासवर्डलाई सुरक्षित रुपमा राख्नु पर्ने बताए ।
यस्तै मेरो सेयरको पासवर्ड पनि तीन–तीन महिनामा परिवर्तन गर्नुपर्ने व्यवस्था थियो ।




















प्रतिक्रिया