Logo

प्रदेश

डोजरसँगै पुरिएका ३ जनामध्ये १ जनाको शव भेटियो



काठमाडौं । धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजरसँगै पुरिएका ३ जनामध्ये १ जनाको शव भेटिएको छ । शनिबार एकजना बख्खु लगाएका व्यक्तिको शव भेटिएको हो ।

शव भेटिएका व्यक्तिको पहिचान भै नसकेको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए । अन्य २ जनाको अवस्था अझै अज्ञात रहेको उनको भनाइ छ ।

बिहिबार विहान डोजरमा सवार चालकसहित ३ जना बेपत्ता भएका थिए । बेपत्ताहरुको खोजीका लागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको बताइएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार १७:५५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।