Logo

समाचार

पेस्तोल सहित एक जना पक्राउ



गोलबजार नगरपालिका-६ डोहटिया टोल बस्ने २७ वर्षीय पंकज कुमार महतोलाई १ थान म्याग्जिन नभएको पेस्तोल सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
महतोले आफ्नै घरमा हातहतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले घरमा लुकाई राखेको उक्त पेस्तोल सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आईतवार १२:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।