Logo

समाचार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट



ईलाम, सूर्योदय नगरपालिका९४ श्रीअन्तुस्थित ईलाम टि स्टेटफ्याक्ट्रीमा विद्युत सर्ट भई आइतबार दिउँसो आगालागी भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।

त्यस्तै ललितपुर महानगरपालिका ३ वखुण्डोलस्थित विनोद ओझाले संचालन गरेको ब्रो बेकरीमा बिद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा ओभन सेट सहित बेकरीमा प्रयोग हुने सामानहरु जलेर करिब ९० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार १२:५९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।