काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सहित २४ जनालाई कोरोना पुष्टि भएको छ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का सहित मुख्य रजिष्ट्रार लालबहादुर कुँवर लगायतका २४ जनालाई कोरोना पुष्टि भएको हो ।
कोरोना लागेको आशंकामा ३० जना कर्मचारीले परीक्षण गराएकोमा अधिकांशमा लक्षण देखिएको सर्वोच्च अदालतका
प्रवक्ता बाबुराम दाहालले बताए ।
न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको छ ।
कोरोनाबाट संक्रमित हुने कर्मचारीको संख्या बढेसँगै कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूलाई परीक्षण गर्न र नतिजा नआउन्जेल सजग रहन भनिएको उृनले बताए । कर्मचारीमा कोरोना पुष्टि भएसँगै पेशी व्यवस्थापनदेखि रिट निवेदन दर्ता, रुजु लगायतका काममा समस्या परेको दाहालले बताए ।
आइतबार स्वाब दिएकाहरूको रिपोर्ट आएपछि मात्रै कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल हुने भएको छ ।





















प्रतिक्रिया