काठमाण्डाैँ । कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका २८ वर्षीय वीरेन्दबहादुर चौधरी मृत अवस्थामा फेला परेका छन्।
उनी गाउँ नजिकैको विवाहमा मंगलबार राति सहभागी भएका चौधरी बुधबार बिहान बेहोस अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।
बेहाेस अवस्थामा भेटिए लगत्तै उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले चाैधरीलाई मृत घोषणा गरेका थिए। ‘मृत्युको कारणबारे अनुसन्धानको कार्य भैरहेको बमले बताएका छन् । उनले भने ‘के कति कारणले मृत्यु भएको भन्ने बारे बुझ्दै छौं।’
मृतक चाैधरी विवाह घर छिमेकीको गोठमा सुतेका थिए । बिहान नउठेपछि स्थानीयले उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरी अस्पताल पुर्याएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताएका छन्।
उनकाे मृत्य अस्पताल पुर्याउनुअघि नै भैसकेको चिकित्सकले बताएकाे वडा अध्ययक्ष चौधरीको भनाइ छ। शव परीक्षणका लागि भने महाकाली अस्पतालमा राखिएको छ ।





















प्रतिक्रिया