Logo

राजनीति

तीनै तहको निर्वाचन एकसाथ गर्न सके एमालेलाई जनताले दण्ड दिने अवसर प्राप्त हुन्छ: नैनसिंह महर




काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सदस्य एवम् नेपाल विद्यार्थी संघका पूर्व–अध्यक्षनैनसिंह महरले तीनै तहको निर्वाचन एकसाथ गर्न प्रस्ताव राखेका छन ।

सामाजिक सञ्जालमा मार्फत नेता महरले सबै राजनीतिक दलको सहमतिमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन वैशाखको अन्तिम साता एकसाथ सम्पन्न गर्ने निर्णय देशका लागि हितकर हुने धारणा राखेका हुन्।

नेपाल विद्यार्थी संघका पूर्व–अध्यक्षसमेत रहेका महरले समाजिक सञ्जाल मार्फत भनेका छन “आवधिक निर्वाचन विना लोकतान्त्रिक पद्धति संस्थागत हुन सक्दैन। संविधान र कानुनको मर्मअनुसार सबै तहका निर्वाचन सम्पन्न गर्नु लोकतन्त्रमा विश्वास राख्ने सबै राजनीतिक दलहरुका लागि नैतिक र बाध्यकारी व्‍यवस्था हो भन्ने कुरा सर्वविदित नै छ, तसर्थ सबै राजनीतिक दलको सहमतिमा संघ , प्रदेश र स्थानीय (तहको) निर्वाचन वैशाखको अन्तिम साता एक साथ सम्पन्न गर्ने निर्णय देशका लागि हितकर हुन्छ।”

उनले तीन ओटै निर्वाचनसँगै गर्न सके समय र आर्थिक हिसाबले देश र राजनीतिक दलहरुका लागि फाईदा पुग्ने बताएका छन ।

साथै तीन तहको चुनाव एकसाथ गर्दा जनताको प्रतिनिधित्व गर्ने संसदलाई असंवैधानिक र अलोकतान्न्त्रिक तरिकाले बाम्बार विघटन गर्ने तथा संसद अवरुद्ध गरेर संसदीय व्यवस्थालाई बदनाम गर्ने नेकपा एमालेलाई जनताले दण्ड दिने अवसर पनि यही निर्वाचन हुनसक्ने दाबी समेत गरे।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार ११:३९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।