Logo

समाचार

नेपालमा पश्चिमी वायुको प्रभाव,कस्तो रहन्छ त आज दिनभरको मौसम ?



काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेकोले काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँको मौसम यतिबेला धुम्मिएको छ ।

देशका धेरै ठाउँमा बादल लागेको छ भने तराईलगायतका केही ठाउँमा बाक्लो कुहिरो तथा हुस्सु लागेको छ ।

आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान भने काठमाडौँको एयरपोर्ट तथा त्यस आसपास केहि क्षेत्रमा फाट्टफुट्ट मात्रै पानी परेको छ । अरु ठाउँमा पनि हल्का पानी पर्ने मौसमविद्ले जानकारी दिएका छन ।

मौसमविद्का अनुसार आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको छ । यस्तै, दिउँसोको समयमा भने घाम देखिए पनि पारिलो घाम नलाग्ने मौसमविद्को भनाई छ ।

यस्तै, आज राति पनि प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार १२:०३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।