Logo

प्रमुख समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुद्वारा प्रधानमन्त्रीको पुत्ला दहन




काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।

काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । विद्यार्थीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।

विद्यार्थीहरुले भने प्रहरीमाथि नै ढुंगा प्रहार गरेका छन । विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन।

बुधबार मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको छ।

नयाँ मूल्यअनुसार अब पेट्रोल लिटरको १ सय ३९, डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ ।

आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १०६ रुपैयाँ कायम गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार १२:३३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।