राप्रपाका निवर्तमान अध्यक्ष उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्री छँदा सचिव बनाएका र आफ्नो मन्त्रालयमा सचिव छानेर ल्याएका दिनेश कुमार थपलिया अहिले प्रमुख निर्वाचन आयुक्त छन् ।
राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा नराम्रोसँग पराजित भएपछि छटपटिएका थापाले तिनै निर्वाचन आयुक्तलाई भनेर राप्रपाको वर्तमान नेतृत्वलाई अप्ठ्यारोमा पार्न र विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउन माग गरेका छन् । राजसंस्थाको एजेन्डा छोड्ने सार्वजनिक अभिव्यक्ति दिएका कमल थापाले लामो समय आफूले नेतृत्व गरेको पार्टीका विरुद्ध गद्दारी गरेका छन् ।
माघको १ गते अध्यक्ष राजेन्द्र लिङ्देन झापा गएको मौका पारेर २ गते पत्र काट्न अनुरोध गरेको र अध्यक्ष काठमाडौं फर्किएको दिन र बिदाको दिन शनिबार थापा आफैंले पत्र सार्वजनिक गर्नु रहस्यमय र गम्भीर षड्यन्त्र हो । यति निकृष्ट क्रियाकलाप गर्ने कमल थापालाई अध्यक्ष पदमा नरहँदा कति छट्पटी भइरहेको छ भन्ने सहजै बुझ्न सकिन्छ । उनी अझै कतिसम्म गिर्छन् हेर्न बाँकी छ ।
कमल थापाका अराजनीतिक चरित्रहरू यसप्रकार छन् ।
–अधिवेशनको निर्णय नमानेर महाधिवेशनको परिणाम आउन साथ पार्टीको हित विपरित बोल्नु ।
–पार्टीको नयाँ अध्यक्षको पदबहालीमा उपस्थित नहुनु ।
–सपथ ग्रहण कार्यक्रममा नजानु ।
–राजेन्द्र लिङ्देनको फोन कल नउठाउनु र आजसम्म कलब्याक पनि नगर्नु ।
–मिडियामा गएर राजेन्द्र लिङ्गदेनलाई होच्याएर पटक पटक नियोजित संवाद गर्दै अपमान गर्नु ।
–आफू अध्यक्ष हुँदा मन परि गर्ने व्यक्ति राजेन्द्र लिङ्देनले गरेको हरेक निर्णयलाई बङ्ग्याएर विरुद्धमा सबै भन्दा पहिले लेख्नु बोल्नु ।
–पार्टीले दुःख गरेर स्थापित गरेको राजसंस्थाको मुद्धा कमजोर पार्न राजालाई वदनाम गर्ने उद्देश्यले चुनाव हारे पछि राजाको विरुद्ध बोलेर आफ्नो गुटमा रमाएको ।
–पृथ्वी जयन्तिको दिन पार्टीको नेतृत्व गरेर जानु पर्नेमा गणतन्त्रे राष्ट्रपतिको पछि लागेर जानु ।
–समग्रमा महाधिवेशनमा आएका कार्यकर्ताको मत लाई अपनान गर्दै राप्रपा कमजोर बनाउन दिनरात चलखेल गर्नु ।
–महाधिवेशनमा पुर्व अध्यक्षहरुले खर्च दिने पुर्व निर्णय अनुसार उनको भागमा तोकिएको २५ लाख नदिने बाहाना खोजेको ।
–निर्वाचन आयोगको पत्र पार्टीले पदाधिकारी विच छलफल नगरी सार्वजनिक गरेर न्युज बनाएर रमाउनु । अन्त्यमा, पार्टी भित्र कुनै छलफल नगरी नेतृत्वलाई जानकारी नदिई कमल थापालाई पत्र पठाएको हुनुपर्छ त्यो सुराकी जो भए पनि कारवाही गरेर हटाउनु पर्छ ।
















प्रतिक्रिया