धनगढी । कैलालीमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । हाल श्रीमान हत्यापछि फरार भएका छन् ।
कैलालीकाे गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका परशुराम रोक्का मगरले श्रीमती भावना रोक्का मगरको हत्या गरी फरार भएका हुन् ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी नवराज पोख्रेलका अनुसार दुवैजना बिच घरायसी विवादका क्रमका रोकामगरले श्रीमतीलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखाएको बताएका छन् ।
पाेख्रेल घटनास्थलमै पुग्दा अभियुक्त भने फरार रहेको बताए। फरारको खोजी कार्य जारी रहेको र घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएकाे छ ।





















प्रतिक्रिया