भारतको वर्धामा भएको एक कार दुर्घटनामा भारतीय जनता पार्टीका सांसदका छोरासमेत गरी सात जनाको घटनास्थलमै मृत्यु भएको छ।
उनीहरू सबै मेडिकल अध्ययनरत थिए । सवांगीको दत्ता मेघे मेडिकल कलेजमा अध्ययनरत उनीहरू परीक्षा सकेर वर्धा फर्किरहेका बेला यो दुर्घटना भएको हो ।
प्रारम्भिक जानकारीका अनुसार कार चालकले नियन्त्रण गुमाएका कारण गाडी पुलबाट तल झरेको थियो ।
ज्यान गुमाउनेमा भाजपाका विधायक विजय रहांगदालेका छोरा आविष्कार पनि छन् । दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
भारत सरकारले दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई जनही दुई लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि गरेको छ ।





















प्रतिक्रिया