Logo

समाचार

भ्रष्टाचार न्युनिकरण गर्न असफल, नेपाल कति औँ स्थानमा पर्याे



काठमाण्डाैँ । ट्रान्सपरेन्सी इन्टरनेशनलले जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) रिपोर्ट अनुसार नेपाल भ्रष्टाचारयुक्त देशको ११७ औँ स्थानमा रहेको छ ।

विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलले मंगलबार जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांक सिपिआई- २०२१ मा नेपालले सयमा ३३ अंक प्राप्त गरेकाे छ भने अघिल्लो वर्ष पनि नेपाल साेही स्थानमा रहेकाे थियो ।

नेपालको अंकभार यथावत् रहनुमा भ्रष्टचार न्युनिकरण हुन नसक्नु र केही प्रगति हुन नसकेको रूपमा लिन सकिने टीआई नेपालले जनाएको छ ।

सूचकांकमा सबै भन्दा बढी भ्रष्ट शुन्यलाई मानिन्छ भने सयलाई भ्रष्टाचार नहुने मानिएको छ ।

सूचीमा समावेश रहेका १८० मुलुकमध्ये डेनमार्क र न्यूजिल्याण्ड सबै भन्दा कम भ्रष्टभार हुने मुलुकमा परेका छन् । यी दुबैले

एक सयमा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका हुन ।

यसैगरी, सबै भन्दा बढी भ्रष्टचार गर्ने मुलुकमा दक्षिण सुडान परेकाे छ ।यसले सयमा ११ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा देखिएको हाे भने दक्षिण एसियाली मुलुकहरु मध्ये भुटान ६८ अंक प्राप्त गरी सूचीको २५ औं स्थान र भारत ४० अंक सहित ८५ औं स्थान रहेकाे छ ।

त्यस्तै अर्काे चीन ४५ अंक प्राप्त गरी भ्रष्टाचार हुने मुलुकको सूचीको ६६ औं स्थानमा परेकाे छ । प्रतिवेदनमा विश्वभरमा भ्रष्टाचार कम हुन नसकेको र ८६ प्रतिशत देशले एक दशकसम्म पनि कुनै प्रगति हासिल गर्न नसकेकाे तथ्याकंमा देखिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १०:१५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।