Logo

समाचार

मतदान गर्न जाँदै गरेकी सांसद चौधरी दुर्घटनामा परेर घाइते



राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जाँदै गरेका लुम्बिनी प्रदेश सभाका सांसद तुलसी चौधरी दुर्घटनामा परेर घाइते भएकी छन्।

राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान गर्न सांसद चौधरी दाङको घोराही जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

उनी सवार गाडी ट्रकसँग ठक्कर खाएको छ। उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १०:२७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।