Logo

समाचार

काठमाडौँमा घरभित्रै निसास्सिएर २ जनाकाे मृत्यु



काठमाडौँ । घर भित्र निसास्सिएर २ जनाकाे मृत्यु भएकाे छ ।

काठमाडौँको शंखरापुर नगरपालिका-३ बोझेनीमा गए राति आफ्नै घरभित्र आगो बालेर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षिया फुलमाया थिङको मृत्यु भएको हो ।

घरमै कोइला बालेर सुतेका उनीहरु बिहान उठेर हेर्दा मृत अवस्थामा रहेकाे साँखु प्रहरी चौकीले जानकारी दिएको छ ।

बिहान मृतकका छोराले प्रहरीलाई खबर गरेपछि हाल घटनास्थल पुगेको टोलीले थप अनुसन्धान गरिरहेकाे प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १०:२७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।