Logo

प्रमुख समाचार

पूर्वसभासद थापाकाे निधन



काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का नेता डा‍‍‍. दुमनसिंह थापाकाे निधन भएकाे छ ।

अर्घाखाँची जिल्लाबाट पहिलाे संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो ।

केही समय अघि उनकाे मिर्गौला प्रत्यारोपण भएकाे थियाे । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । उनी मेगा बैंकका संस्थापक तथा पूर्व संचालक पनि हुन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार ०८:३७   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।