Logo

खेलकुद

इन्टर र नापोलीको बराबर



काठमाडौं । इटालियन सिरी ए लिग लिडर इन्टर मिलान र दोस्रो स्थानका नापोलीले शनिबार बराबरी खेल्दै अंक बाडेका छन् । नापोलीको घरेलु मैदानमा खेल १-१ अन्तरको बराबरीमा समाप्त भएसंगै दुबै टोलीले अंक बाढेका हुन् । 

सातौं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाए । ४७ औं मिनेटमा इडेन जेकोले गोल गर्दै इन्टरलाई हारबाट टारे ।

यस बराबरीसँगै इन्टर २४ खेलमा ५४ अंक सहित शीर्ष स्थानमा  छ । नापोली २५ खेलमा ५३ अंक जोडेर दोस्रो स्थानमा  छ ।

अर्को खेलमा भेनेजीयाले टोरिनोलाई २-१ अन्तरले पराजित गर्यो । 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आईतवार १०:१५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।