नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि त्रिवि पदाधिकारीको राजिनामा माग गर्दै आन्दोलन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयमा भष्ट्रचार गरेको विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै नेवि संघले आन्दोलन गरेको जनाइएको छ । उनिहरुले डिजिलाइट जमानामा त्रि.विमा पनि समयमै परिक्षाका विकल्प अपनाउनु पर्ने, भष्ट्र पदाधिकारीले राजिनामा दिनुपर्ने, विश्वविद्यालयमा हुने नियुक्ति पार्दशी हुनुपर्ने, पाठ्यक्रम सुधारगरिनु पर्ने लगायतका माग राख्दै आएका छन् । यसै विषयमा अनलाइनपानाकर्मी सृजना स्नेहीले नेवि संघ त्रिभुवन विश्वविद्यालय समितिका सचिव योगेन्द्र रावलसँग यस विषयमा गरिएको कुराकानीको सम्पादित अंश :
लामो समय देखि नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति विश्वविद्यालयका पदाधिकारी विरुद्द आन्दोलनरत छ, किन ?
विश्वविद्यालय कस्तो बन्छ भन्ने कुरा कल्पना नगरी, विश्वविद्यालयलाई कस्तो व्यक्तिको आवश्यक छ भन्ने नबुझेरै नाक, कान, घाटीको डाक्टरलाई विश्वविद्यालयको उपकुलपति बनाएर पठाइयो । प्राध्यापक धर्मकान्त बाँसकोटासँग नेविसंघ र मेरो व्यक्तिगत कुनै मनमुटाव छैन । प्राध्यापक धर्मकान्त बाँसकोटासँग हाम्रा धेरै प्रश्नहरू छन् । उच्च शिक्षा हाँसिल गर्न आएका सबै विद्यार्थीहरुले विद्यार्थीको हक हितको लागि बोल्ने गर्छन् तर उहाँहरुले हाम्रो आवाज सुन्न सक्नुभएन । विश्वभर कोरोनाको माहामारी आयो तर विश्वका कुनै पनि विश्वविद्यालयको शैक्षिक क्यालेन्डरमा कुनै पनि परिवर्तन भएन ।
डिजिलाइट जमानामा त्रि.विमा पनि समयमै विकल्प अपनाउन हामीले माग गयौँ, तर उहाँहरुले परिक्षा प्रणालीलाई व्यवस्थापन गर्न सक्नुभएन । अन्ततः अहिले लाखाँै लाख विद्यार्थीहरुको भविष्य अन्धकार छ । प्राध्यापक बाँसकोटा उपकुलपति जस्तो पदमा बसेर भष्ट्रचार गरिरहेका छन् । विश्वविद्यालयका प्रधादिकारीहरूले विभिन्न क्याम्पसहरुलाई सम्वन्धन दिने नाममा भष्ट्रचार गर्ने,भवन निर्माणको नाममा भष्ट्रचार गर्ने,क्यान्टिन निमार्णमा भष्ट्रचार गर्ने गरेका छन् ।
त्रिवि पदाधिकारीले भ्रष्टचार गरे भन्ने के प्रमाण छ ?
त्रिवि पदाधिकारीले जनकपुर स्थित युथ क्याम्पसमा वि.सि.ए को लागि सम्बन्धन दिन अनुगम समिति पठाइयो । त्यो समितिले युथ क्याम्पसमा सम्पूर्ण स्रोत साधन पुगेको रिपोट पेश गर्यो र विश्वविद्यालयले सम्बन्धन पनि दियो । विद्यार्थी भर्ना समेत भए । तर दुई महिना पछि फेरि डा.ओम बरालको नेतृत्वमा नाटकीय रुपमा अनुगमन टोली पठाइयो । उक्त अनुगमन टोलीले प्रत्यक व्यक्ति वाफत ३२ लाख मागेको युथ क्याम्पस प्रमुख शिव नारायण झाले विज्ञप्तिमा भनिएको छ । तर आफूहरूले त्यति धेरै रकम दिन नसक्ने भने पछि विश्वविद्यालयले संबन्धननै खारेज गर्यो । यो भन्दा ठूलो भ्रष्टचारको प्रमाण के होला र ? यो त उदाहरण मात्रै हो, यस्तो त धेरै छन् ।
तपाईँहरुले विरोध गरिरहँदा, थप कार्यक्रमहरू केके गर्दै हुनुहुन्छ ?
हामीले पदाधिकारीलाई विन्रम राजिनामा दिएर छानबिन समिति गठन गर्न माग गरेका छौँ । विश्वविद्यालयमा बसेर भष्ट्रचार गर्न मिल्दैन । उहाहरुले हाम्रो आवाज सुन्नु भएन भने,आन्दोलनलाई सामान्य ठान्नु भो वा विद्यार्थीको भविष्यमा खेलवाड गर्न खोजियो भने परिस्थितिबस गतहत्याएर विश्वविद्यालयबाट निकाल्ने छौ । जहा सम्म यो परिस्थिति नओस् भन्ने चाहान्छु ।
त्यसो भए तपाईको परिकल्पनाको विश्वविद्यालय कस्तो हो ?
हामीले विश्वका धेरै विश्वविद्यालयहरुलाई नियालेका छौ । संरचना र साधनसा्रेतका आधारमा विश्वका ५ उत्कृष्ट विश्वविद्यालय भित्र पर्ने त्रि.वि,गुणस्तरका आधारमा ३ हजार भित्र पनि पर्दैन । त्रि.बिको कोर्षहरु धेरै महंगो छ । दुर्गम क्षेत्रबाट आएका विद्यार्थीहरुले काठमांडौमा बसेर पढ्न सक्ने बाताबरण मिलाउनु पर्छ । विश्वविद्यालयका शिक्षा निशुल्क हुनुपर्छ । पाठ्यक्रम सुधार मुख्य कुरा हो । विश्वविद्यालयमा हुने नियुक्ति पार्दशी हुनु जरुरी छ । विश्वविद्यालयमा कुनै पनि अनियमितता,भष्ट्रचार हुनुहँदैन । हामी संरचना, सा्रेतसाधन, क्षेत्रफल लगायतका कुरामा सवल छौ यसको सदुप्रयोग गरिनुपर्छ ।
सरकारले निर्वाचनको मिति घोषण गरेको छ,यसलाई कसरी लिनुभएको छ ?
समयमै स्थानिय तहको निर्वाचन गर्ने सरकारको निर्णयको लागि सरकारलाई धन्यवाद ।अबको चुनावलाई सवल र सक्षम मानिस पहिचान गर्ने अवसरका रुपमा लिनुपर्छ । सबैले जिम्मेवारीपूर्ण मतदान गर्ने बेला आएको छ ।



















प्रतिक्रिया