Logo

अर्थ

जाल्पा सामुदायिकको आईपिओ आज बाँडफाँड हुने



काठमाण्डाैं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत माघ २१ गते शुक्रबारदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये कम्पनिले चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूका लागि खोलिएको थियो ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज साँझ ५ बजे शेयर बाडफाड हुने जनाएको छ। कम्पनिको शेयरमा अहिले सम्मको सबै भन्दा धेरै २७ लाख जनाले ५ लाख २२ हजार कित्ताका लागि आवेदन दिएका छन् ।

यस लघुबित्तको साधारण शेयरमा लगानिकर्तालाई जम्मा ४८ हजार जना भाग्यमानीले मात्र यो कम्पनिको शेयर प्राप्त गर्ने छन भने बाकी २६ लाख भन्दा बढी लगानिकर्ता को हात खाली रहेने छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आईतवार १३:५६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।