Logo

खेलकुद

ट्रिपियरको खुट्टाको हड्डी भाँचियो, आगामी खेल गुमाउने



काठमाण्डौं । प्रिमियर लिग क्लब न्युकासल युनाईटेडका डिफेन्डर किइरन ट्रिपियरको खुट्टाको हड्डी भाचिएको छ ।

आइतबार राति एस्टन भिल्लाविरुद्धको खेलमा ट्रिपियरको देब्रे खुट्टाको हड्डी भाचिएको न्युकासलले जनाएको छ । एस्टनविरुद्ध १(० गोलको जित निकाल्दा उनले फ्रि(किकमार्फत गोल गरेका थिए ।

न्युकासलले उनको खुट्टाको शल्यक्रिया गर्नु पर्ने र आगामी खेल गुमाउने जनाएको छ । न्युकासलले ट्रिपियरलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट यसै जनवरीमा अनुबन्ध गरेको हो ।

डिफेन्डर ट्रिपियरले न्युकासलका लागि ५ खेल खेलेका छन् ।

एजेन्सी

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार ०६:५९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।