सामाजिक सञ्जालमा हाल भाइरल भइरहेको अडियो नौँ महिना अगाडिको रहेको खुल्न आएको छ ।
स्वकीय सचिव हेमन्त रेग्मीले अनलाइलाइनपाना डटकमलाई जानकारी दिँदै भने, “ मन्त्री आलेले राम्रो काम गरेपछि नेकपा एमालेका कार्यकर्ताले नेकपा एसका मन्त्रीको साख गिराउन नौँ महिना अगाडिको अडियो भाइरल गराइयो । ”
सचिवालयद्वारा खेद प्रकट
यसैबीच मन्त्री आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले खेद प्रकट गरेको छ ।
आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत ओलीको नामबाट निरन्तररूपमा ब्ल्याकमेल गर्ने, उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै खेद प्रकट गरेका हुन् ।
सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै रेग्मीले दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन् ।
मन्त्री आलेले जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले षडयन्त्र गरेको प्रमुख स्वकीय सचिव रेग्मीको भनाइ छ ।





















प्रतिक्रिया