Logo

समाचार

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु



काठमाण्डौं । सर्लाहीको लालबन्दीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा १ जनाको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार धनुषाको मिथिला नगरपालिका–६, ढल्केवर बस्ने ६० वर्षीय रामलाल पाख्रिनको ज्यान गएको जानकारी दिए ।

ज १२ प ३८०३ नम्बरको स्कुटरमा सवार पाख्रिनको लालबन्दी नगपालिका–९, स्थित भित्री सडक खण्डमा दुर्घटना भएको इलाका प्रहरी लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए ।

उनी दुर्घटनामा गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा विराटनगर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १०:३८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।