Logo

समाचार

संसद् अवरोध हुन्छ: नेम्वाङ



प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले आज पनि संसद्मा अवरोध गर्ने भएका छन् ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकमा अवरोध कायम रहने एमाले नेताले बताएका छन् ।

“संसद् अवरोध कायम रहन्छ । हामीसँग कसैले कुरा गरेको छैन,” एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ बाह्रखरीसित भने ।

एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसद (हाल नेकपा (एकीकृत समाजवादी)मा रहेका)लाई बैठकमा प्रवेश गर्न दिन नहुनेलगायत एमालेको माग छ । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा पनि मागेको थियो ।प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्नेछ । यद्यपि, बैठकको सम्भावित कार्यसूचीमा भने एमसीसी समावेश छैन । संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । बैठकले कार्यसूचीलाई अन्तिम रूप दिन सक्नेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १०:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।