Logo

समाचार

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



पाल्पा । पाल्पाको रामपुर नगरपालिका–४ स्लामपुरमा गएराती मोटरसाइकल अनियन्त्रीत भएर पल्टीदा पछाडी सवार व्यक्तिको मृत्यु भएको छ । चालक भने घाइते भएका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका ४२ बर्षीय प्रेम बहादुर सार्कीको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो । 

घाइते भएका चालक पाल्पा–५ बेझाडका ३५ बर्षीय जिवन श्रेष्ठलाई उपचारको लागी लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । 

बुधबार राति ९ बजे प्रदेश ३ –०२–००८ प २९८५ नम्बरको मोटरसाइकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार १३:४९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।