नेपाल उत्पीडित जातीय मुक्ति समाज पुतलीबजार नगर कमिटी स्याङ्जाको बिस्तारित बैठक सम्पन्न भएको छ ।
पार्टी केन्द्रिय सदस्य एवम स्याङ्जा इन्चार्ज सीता सुन्दासको प्रमुख आतिथ्यता र पार्टी केन्द्रिय सदस्य एवम् स्याङ्जा सह–इन्चार्ज कमरेड किशोर विक्रम मल्लको विशेष आतिथ्यतामा पार्टी अफिस स्याङ्जामा बसेको थियो ।
बैठकले सम्पूर्ण काम आगामी स्थानीय निर्वाचनमा केन्द्रित गतिविधि गर्ने, सबै वडाहरुमा कमिटी निर्माण गर्ने ,कम्तीमा एक हजार सदस्यता वितरण गर्ने र आगामी १७ गते नगर अधिवेशन गर्ने योजना बनाएको छ ।
भेलामा तिलक बिश्वकर्मा,मेख प्रनेस ,भरत गोदार र अमृत नेपालीले शुभकामना दिएको थिए । भेलाको अध्य्क्षता बुद्धिबहादुर परियारले गरेका थिए भने सञ्चालन बिनु नेपालीले गरेकी थिइन् । उक्त बैठकमा स्वागत मन्त्वय बुद्धि बि.कले दिएका थिए ।





















प्रतिक्रिया