Logo

प्रमुख समाचार

प्रचण्ड, माधव नेपाल र राजेन्द्र श्रेष्ठ छलफलमा



सत्ता गठबन्धनको बैठकअघि सत्तारूढ तीन दलका नेताहरूले सिंहदरबारमा छलफल गरिरहेका छन्। 

सिंहदरबारमा भएको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका पार्टीका नेता एवम् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ सहभागी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ। यसअघि ३ बजे बैठक बस्ने भनिएको थियो। तर बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेपछि बैठक सरेको हो।

आजको बैठकमा प्रतिनिधि सभाको बैठकमा एमसिसी पेस गर्नेबारे छलफल हुँदैछ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार १५:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।