पुष्पकमल दाहाल (प्रचलित नाम प्रचण्ड) नेपालका कम्युनिष्ट राजनीतिज्ञ तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् । झण्डै १३ वर्ष भूमिगत जीवन बिताएका उनी २०६२–६३ को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गरेका हुन् । संविधानसभा निर्वाचन २०६४ मा २ ठाउँबाट निर्वाचित उनी त्यसपछि नेपालको प्रधानमन्त्री बन्न पुगेका थिए । यिनले २०७३ साल साउन १९ गते दोस्रो पटक पनि प्रधानमन्त्रीको पद सम्भालेका थिए । संविधान सभाको चुनावमा उनी एक्ला उम्मेदवार भए पनि संसद्को बहुमतको आधारमा प्रधानमन्त्री घोषणा गरिएको थियो ।
बेला बेलामा चर्चामा आइरहने प्रचण्ड धोका दिनमा माहिर रहेको कुरा प्रष्ट हुन्छ । उनले दिएको धोका यस किसिमका छन् ।
१.माओवादी अध्यक्ष प्रचण्डले धीरेन्द्र मार्फत वार्ता गरी राजसंस्था मान्छौं भनेर राजालाई धोका
२.राष्ट्रपति बनाउछु भनेर गिरिजाप्रसाद कोइरालालाई धोका
३. पार्टी अध्यक्ष बनाउँछु भनेर डा. बाबुराम भट्टराईलाई धोका
४. तपाईँकै नेतृत्वमा पाँच बर्ष सरकार चलाउन दिन्छु भनी तीन वर्षमैं सरकार ढालेर केपी ओलीलाई धोका
५. एमसीसी पास गर्छु भनेर सरकारमा पुगेपछि शेर बहादुर देउवालाई धोका
६. जनवादी ब्यवस्था ल्याउँछु भनेर माओवादी लडाकुलाई धोका





















प्रतिक्रिया