नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले विवादित अमेरिकी सहयोग परियोजना एमसीसीलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने बताएका छन् ।
एमसीसी पास गर्ने की फेल गर्ने भन्ने बिषय केवल सत्तास्वार्थ र गठबन्धनको विषय मात्रै हुन नसक्ने भन्दै गुरुङले गठबन्धन र सरकार छोडेर सडकमा आउन माओवादीलाई कुनै गारो नभएको बताएका छन् । देउवा सरकारले एमसीसी जबर्जस्ती संसदमा टेबुल गर्न खोजे माओवादी केन्द्र तत्काल सरकार छोडेर बाहिरिने उनले प्रष्ट पारेका छन् । गुरुङले छिनछिनमै परिवर्तन हुने गठबन्धन र राष्ट्रिय स्वाधिनताको विषय जोडिएको एमसीसीको तुलनानै हुन नसक्ने जिकिर गरेका छन् । गठबन्धन भनेको अस्थायी कुरा हो विचार मिल्दा सम्म बसिन्छ विचार मिल्ने छोडे हिँडिन्छ तर एमसीसी पास गरेर सरकार हामीलाई चाहिदैँन । उनले भने ।
तपाईहरु गठबन्धनबाट बाहिरिए पनि एमसीसी त पास हुन सक्छ कांग्रेस र एमाले मिलेर पास गरे भने के गर्नुहुन्छ ? भन्ने प्रश्नमा गुरुङले त्यसो गर्छन् भने त्यो कांग्रेस एमालेको कुरा हो जे ठिक लाग्छ त्यो गर्न सक्छन् तर माओवादी केन्द्र कुनै पनि हालतमा एमसीसी पास गर्न नदिने प्रष्ट निर्णयमा छ । गुरुङले जवाफ दिए ।
एमसीसी पास गर्नु पर्छ भनेर लागेका दल र व्यक्ति प्रति गुरुङले कडा शब्दमा आलोचना गरेका छन् । राष्ट्रिय आत्मसमर्पणवादी सोच बोकेका र विदेशीका दलालहरुले मात्रै एमसीसी सहि भन्न सक्ने पनी उनले भनेका छन् । कुनै पनि स्वाभिमानी नेपालीले एमसीसीलाई राम्रो भन्न नसक्ने गुरुङले प्रष्ट पारेका छन् ।
‘रौँ बराबर पनि देशको माया हुने कुनै पनि स्वाभिमानी नेपालीले एमसीसीलाई बोक्न सक्दैन विरोधनै गर्दछ । के अमेरिकी सेनाको बुट बजाउँने थलो नेपाललाई बन्न दिन सकिन्छ ? के यो देश अफगानस्थान बन्न दिन सकिन्छ ? यो किमार्थ सकिदैन’ भन्दै उनले आक्रोस पोखेका छन् ।





















प्रतिक्रिया