हिजो संविधानमाथि प्रहार गर्ने, पटक–पटक संसद भङ्ग गर्ने, विधि, पद्धति, प्रक्रिया नमान्ने, सल्लाह–सहमति नगर्ने, कोही कसैको अस्तित्व स्वीकार नगर्ने, अधिनायकवादी शैलीमा एकलौटी अघि बढ्ने, सत्तामा जवर्जस्ती टाँसिइरहन प्रयास गर्ने, जालझेल र षडयन्त्र गर्ने, भूपू प्रम तथा एमाले अध्यक्ष केपी ओलीलाई वालुवाटारबाट बालकोट पुर्याउन अदालत समेत र सबै एकजुट भएर ठूलो संघर्ष नै गर्नुपर्यो । थप एक–दुई महिना मात्र ओली सत्तामै कायम रहेका भए, राष्ट्र, राष्ट्रियता, संविधान र गणतन्त्र नै धरापमा पर्ने प्राय ः निश्चित थियो । तर सर्वोच्चले ओलीलाई घोक्रेठ्याकै लगाएर सत्ताच्युत र संसद पुनःस्थापना गराइदियो ।
आज पनि तिनै प्रतिपक्षि नेता ओली र निजको ओली गुटले – अदालतको फैसला, पुर्नस्थापित संसद, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार र नयाँ संविधान समेतलाई हालसम्म एक दिन पनि मान्यता नदिई लगातार ८ महिना यता संसद जर्वजस्त अवरोध गरिरहेकै छ । उक्त अवरोधका कारण – नागरिकता लगायत सयाँै महत्वपूर्ण विधेयक अलपत्र परेका छन् । मुलुक र जनताका जल्दाबल्दा समस्या उपर संसदमा छलफल र निर्णय हुन पाएको छैन । महत्वपूर्ण कानुनहरू बन्न पाएका छैनन् । चौतर्फी विकासका विषयहरू ठप्प छन् । यस्तो अवस्था भई सक्दा पनि मुलुक र जनताको हित खातिर के.पी ओली र एमाले भन्ने दलको मति फर्र्किएको छैन । प्रत्येक संसद वैठकमा असंवैधानिक नारावाजीबाट संसदको हुर्मत र संविधानकै खिल्लि उडाईरहेका छन् । संविधान कै बिरोधिहरुले संवैधानिक सर्वोच्चता, मर्यादा, विधिको शासन, कानुनी कार्वाही बारेमा नारावाजी गरिरहनु आँफैमा लाजमर्दो विषय भए पनि ओलीका अन्धभक्तहरु आदेश अनुसार लाजै नमानि वैठक प्रारम्भ हुना साथ सकि नसकि उठेर रोष्टम अगाडि भेला भई नारावाजी गर्दै आफ्नो ड्युटि पुरा गर्दछन् । सर्वोच्चको निर्णयले छुट दिएका विषयहरु उपर नारावाजी गर्दै संसद वैठक अवरोध गरिरहनुको खास कुनै अर्थ र औचित्यक छैन । पाँच दलीय गठबन्धन, परमादेशी सरकार, गैरसांसद भनि फलाक्नु निजहरुको पूर्वाग्रह मात्र हो ।
भोलि यस्ता अहंकारी, प्रतिगामि, अधिनायकवादी र पुर्वाग्रही नेता ओली र एमाले दल उपर मुलुक र जनताले विश्वास र आश गर्ने ठाँउ छैन । म र मेरो गुट, नाताकुटुम्ब, हुक्के –चम्चे, आसेपासे र हा……………….सत्ता बाहेक ओली र निज गुटको मुखबाट दोश्रो विषय केहि सुनिएको छैन । संस्थागत भ्रष्टाचारमा राम्रो छवि बनाएका ओलीका अधुरा योजना–ओम्नी, यति, वाइडवडि सामाग्री खरिद लगायतका धेरै काण्ड पुरा गर्न आगामि निर्वाचनमा दुई तिहाइको सपना देखिरहेका छन् ।
यसै परिप्रेक्षमा–विगतमा अमेरिकाले नेपाललाई अप्रत्यक्ष फसाउन एमसीसी परियोजनाको शस्त्रजाल फ्याकेको सन्र्दभमा हाल वर्तमान प्र.म. र नेपाली कांग्रेस दल नै फसेको छ । लगानी वापत आउने उक्त रु ५५ अर्व रकम अमेरिकि लगानि नभई अनुदान रकम सित्तैमा हो भन्ने अर्थ लगाई पेट भरि पुग्ने आशामा–संसदबाट अविलम्ब अनुमोदन पास गर्ने –गराउन सक्रिय देउवालाई– गठबन्धनका सहयात्रीहरुले “राष्ट्रघाति एमसीसी परिमार्जन बिना अनुमोदन गर्न नमिल्ने, नसकिने – जर्वजस्ती टेबल र अनुमोदन गराउन बाध्य बनाए–विपक्षमा मतदान गर्ने र गठबन्धन र सरकार दुवै छोडि न्यायको लागि जनतामा जाने” सम्मका जवाफ दिए पछि तत्काल प्र.म. देउवाका दम्पती उनै प्रतिमगन प्रमुख अवसरवादि प्रतिपक्षि नेता के.पी ओलीका हिजोका सम्पुर्ण कर्तुत बिर्सिएर लाज सरमै नमानि रातारात ओली निवास बालकोट पुगेर “त्वम शरणम” भन्दै संसदको अवरोध हटाई एमसीसी अनुमोदन पास गर्न अनुरोध र सायद सत्ता साझेदार सम्मको प्रस्ताव गरेका थिए । “कहाँ जालास मछलि–मेरै ढडिया” भन्दै अवसर हेरिरहेका ओलीलाई अजिंगरको आहारा दैवले होइन देउवाले घरै पु¥याइदिएका छन् ।
यसप्रकार हिजो प्रतिगमनको विरुद्धमा आफ्नो पद, प्रतिष्ठा, इज्जत र ज्यानकै बाजि लगाएर राष्ट्र, राष्ट्रियता, संविधान र गणतन्त्रको रक्षा खातिर निर्माण भएको पाँच दलिय गठबन्धनलाई–आफ्नो स्वार्थ खातिर एमसीसी परियोजना यथास्थितिमै अनुमोदन गर्न–गराउने नाउमा भत्काएर फेरि उनै प्रतिगमन प्रमुख ओलीसँग हातेमालो गर्न तयार वर्तमान प्र.म देउवा, सिंगो नेपाली कांग्रेस पार्टी र औसरवादी ओली तथा निजको एमाले गुटलाई आगामि तिनै तहको आम निर्वाचनमा जनता जनार्दनहरुले हदै सम्मका कारवाही गर्नेछन्, गर्नुपर्दछ ।





















प्रतिक्रिया