Logo

खेलकुद

अब दुई खेल जिते नेपाल विश्वकपमा



आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले आज (सोमबार) क्यानडासँग खेल्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाल र क्यानडाबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यसअघि ओमानलाई ३९ तथा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । २ खेलमा ४ अंक जोडेको नेपाल समूहकाे शीर्ष स्थानमा रहेको छ । २ खेलमा २ अंक जोडेको क्यानडा दोस्रो स्थानमा छ । 

क्यानडामाथि जित हात पारे नेपाल समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्नेछ । झिनो अन्तरले हारे पनि सेमिफाइनल पुग्नेछ । तर आजै हुने अर्काे खेलमा फिलिपिन्समाथि ओमानले विशाल जित हात पारे र क्यानडाले नेपालमाथि ठूलाे जित निकालेकाे अवस्थामा नेट रनरेटबाट टिम छनोट हुनेछन् । 

समूह ए को विजेताले बी को उपविजेता र उपविजेताले समूह बी को विजेतासँग सेमिफाइल खेल्नेछन् । सेमिफाइलन जित्ने दुई टिम २०२२ को अन्तिममा अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछन् । नेपाललाई अब दुई जितले अष्ट्रेलिया पुर्‍याउनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १३:३६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।