Logo

प्रमुख समाचार

एमसीसीको आन्दोलनमा प्रदर्शनकारी प्रट्रोल बम बोकेर सडकमा



काठमाडौँ ।

अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबल भइसकेको छ । सो सम्झौताविरुद्ध पछिल्लो दुई सातादेखि राजधानी काठमाडौंमा आन्दोलन चर्कंदो देखिन्छ ।

प्रदर्शनमा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालगायत पार्टीका युवा, विद्यार्थी संगठन अग्रमोर्चामा देखिएका छन् ।

आन्दोलनमा दर्जनौँ प्रर्दशनकारी र प्रहरी घाइते भएका छन् । आन्दोलन हिंसात्मक बनाउन केही समूह सक्रिय रहेको पाइएको छ ।

प्रहरीमाथि आइतबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा प्रदर्शनकारीहरूले ‘पेट्रोल बम’ प्रहार गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार प्रदर्शनकारीहरूबाट ‘पेट्रोल बम’ प्रहार भएको हो ।

एसएसपी गिरीले भने, “धन्न कसैमाथि ‘पेट्रोल बम’ परेन । नत्र ज्यानकै जोखिम हुनसक्थ्यो । प्रदर्शन शान्तिपूर्ण हुँदा हामीले बल प्रयोग गरेका छैनौँ । तर, पछिल्लो समय आन्दोलन हिंस्रक बन्दै गएको छ ।”

बिजुलीबजारमा केही युवाहरूले ‘पेट्रोल बम’ बनाइरहेको सूचना प्रहरीसम्म पुगेको थियो । ‘पेट्रोल बम’ बनाउने समूह फेला नपरे पनि प्रहरीले ‘पेट्रोल बम’ र अन्य सामग्री भने बरामद गरेको छ ।

हिंसा भड्काउने उद्देश्यले नै ‘पेट्रोल बम’, रडलगायत घरेलु हतियारको प्रयोग आन्दोलनमा भएको प्रहरी अधिकारीहरूको बुझाइ छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १४:२४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।