काठमाडौँ । अष्ट्रेलियन कन्सल्टिङका सञ्चालक होम दवाडीले नेपालमा ठगी गरेको खुलेको छ । नेपालमा लाखौँ ठगी गरेर अष्ट्रेलिया पुगेका दवाडाले त्यहाँ पनि पिआर मिलाइदिने भन्दै ठगी गरेको पाइएको छ ।
दवाडीले अष्ट्रेलियामा एकजनाबाट नेपाली ६० देखि ७० लाख उठाइरहेका छन् । दवाडीलाई पैसा बुझाएका चार जना सञ्चार माध्यममा आएका छन् । नाम गोप्य राख्ने शर्तमा आफूहरुलाई दवाडीले बन्धकसमेत बनाएको आरोप लगाएका छन् ।
नेपालका विभिन्न जिल्लाका युवालाई अष्ट्रेलियाको भिषा लगाइदिने र पठाइदिने भन्दै उनले लाखौँ रुपियाँ ठगेका छन् । कतिलाई डिपेन्डेन्टमा लाने भन्दै मोटो रकम उठाएका छन्, उनले नेपाल आर्मीका एक जवानलाई पनि ठगेको खुल्न आएको छ ।
अहिले उनी भागेर अष्ट्रेलिया पुगेका छन् । पुतलीसडकमा भएको आफ्नो कार्यलय पनि उनले सारेका छन् । वेबसाइटको ठेगानासमेत हटाएका छन् । कोभिड र लकडाउनको बाहानामा अझै पनि सेवाग्राहीलाई उनले अल्झाइरहेको खुल्न आएको छ ।
पैसा फिर्ता गर्नमा उनी इच्छुक रहेको र उता पैसा उठाएको कु्रा भने भ्रामक रहेको दवाडीले बताएका टन् ।





















प्रतिक्रिया