काठमाडौँ । युक्रेनको राजधानी किएभमा अध्ययनरत एक जना नेपाली विद्यार्थीले त्यहाँ आफूले तीन वटा विस्फोटनको आवाज सुनेको बताए ।
नेपालको पोखरा घर भएका लोकेश मगरले भने, यहाँ भर्खरै बिहान भएकाले हामी अपार्टमेन्टबाट बाहिर निस्केका छैनौँ तर हामीले तीन वटा ठूला विस्फोटनका आवाज सुन्यौँ ।
अब यहाँ ठूलो लडाइँ होला जस्तो छ त्यसैले हाम्रो चाँडै उद्धार होस् भन्ने चाहेका छौँ ।
उनले केही दिनअघि पनि आफूहरू युद्धको खतरा रहेको भन्दै राजधानी किएभबाट पोल्यान्डको सीमा नजिकैको सहर लीभीभमा गएर बसेको बताए ।
पछि किएभ फर्किएका उनले आफूहरू अहिले पनि त्रासमा रहेको बताउँदै उद्धारका लागि पहल गरिदिन सबैलाई आग्रह गरेका छन् ।त्यस्तै उसले आवश्यक पर्दा जर्मनीस्थित नेपाली राजदूतावास वा मस्कोस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न पनि भनेको छ।
मन्त्रालयले बर्लिनस्थित दूतावासका तृतीय सचिव सहारा चौँलागाइँ र मस्कोस्थित कार्यवहाक राजदूत सुशील घिमिरेलाई सहजताका लागि सम्पर्क गर्न सूचित गरेको छ।

नेपालको परराष्ट्र मन्त्रालयले चाहिँ बुधवार एउटा सूचना निकाल्दै अत्यावश्यक परेर युक्रेनमा बस्नुपर्ने बाहेक सबै नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको थियो ।
उसले युक्रेन नजान पनि नेपाली नागरिकहरूलाई आग्रह गरेको छ भने बुधवारसम्म ३८ भन्दा बढी नेपाली नागरिकहरू सम्पर्कमा आएको जनाएको छ ।





















प्रतिक्रिया