Logo

प्रमुख समाचार

युवाहरूको दोष छैन, दोषी द्वैध चरित्र भएका नेताहरू हुन्ः महामन्त्री शर्मा



नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको बानेश्वरमा एमसिसीविरूद्ध प्रदर्शन गरिरहेका युवाहरूको कुनै दोष नभएको बताएका छन्।

उनले ती युवाहरूको दोष नभई द्वैध चरित्र भएका नेताहरू दोषी भएको बताएका हुन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्,‘सडकमा एमसिसीको विरोध गरिरहेका युवाको कुनै दोष छैन। दोषी त ती द्वैध चरित्र भएका नेताहरू हुन् जो बालुवाटारमा एउटा कुरा गर्छन्, बानेश्वरमा अर्को,’ शर्माले लेखेका छन्।

उनले क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित खोज्ने भन्नेबारेमा पनि टुंगो लगाउनुपर्ने बताए।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १४:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।