प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले एक रिट दर्ता भएको र अर्को रिट दर्ता हुनेक्रममा रहेको जानकारी दिए ।
अधिवक्ताहरू डा। पुण्य खतिवडा र दीपक मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उनीहरूले महाभियोग पस्ताव नै असंवैधानिक भएको भन्दै खारेज गर्न माग गरेका छन् । रिटमा महाभियोग प्रस्तावपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश राणालाई बहाल गर्न अन्तरिम आदेश पनि माग गरिएको छ ।
सत्ता गठबन्धनका सांसदहरूले राणाविरुद्ध महाभियोग दर्ता गराएका छन् ।





















प्रतिक्रिया