Logo

आजकाे माैसम कहाँ कस्ताे ?



हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

देशका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा आज दिउँसाेकाे मौसम सामान्यतया सफा रहने माैसमविद्ले बताएका छन् । 

प्रदेश १, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

अहिले बिहान पनि देशका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 

आज राति पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशको हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना सहेको महाशाखाले जारी गरेकाे सूचनामा उल्लेख छ । 

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार ०८:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।