नेकपा एमालेमा यति बेला प्रभावशाली व्यक्ति प्रवेशको लर्को नै लागेको छ । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।
माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एवंम् कर्णाली विकास आयोगका सदस्य समेत रहेका आचार्य एमाले प्रवेश गर्ने भएका हुन् ।
यही चैत १७ गते कालिकोटमा आयोजना गरिएको कार्यक्रममा एमाले प्रवेश गर्ने भएका हुन् । सो कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली समेतको सहभागिता रहने एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नागेन्द्र शाही नेश्नलले बताए ।
ओलीले करिब चार सय जनालाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको शाहीको दावी छ ।
संघर्ष गरेर जनताको सेवा गर्ने प्रयासरत रहेको उल्लेख गर्दै आचार्यले नेकपाकै अंशका रूपमा लिएर पार्टी प्रवेश गर्न लागेको बताए ।




















प्रतिक्रिया