Logo

राजनीति

भावनात्मक उत्तेजनामा आएर स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हुनसक्छ : राष्ट्रपति 



राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमण खेदजनक भएको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन्, “आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड-१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ । दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ ।”

कोरोना संक्रमणले निम्त्याएको अहिलेको विषम परिस्थितिमा सबैले धैर्य गर्नुपर्नेसमेत उनले आग्रह गरेकी छन् । उनले लेखेकी छन्, “यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।”

उक्त घटनाप्रति विभिन्न राजनीतिक दलका नेता तथा संघसंस्थाहरूले निन्दा गरेका छन् । स्वास्थ्य मन्त्रालयले दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ भने नेपाल चिकित्सक संघले ‘कालो दिन’ को रूपमा लिएको छ । 

गृहमन्त्रालयले घटनामा संलग्‍नहरुलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको जनाएको छ ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार १७:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।