Logo

बाँदर र गाईलाई नियमित खाना खुवाउँदै अग्रवाल



चितवन : यहाँका एक युवा उद्यमीले बाँदर र गाईलाई नियमित खाना खुवाउँदै आएका छन् । गत वर्षको चैतदेखि निरन्तररुपमा दैनिक बागेश्वरी र देवघाट क्षेत्रमा रहेका बाँदर र छाडा गाईलाई खाना खुवाउँदै आएका छन् ।
 
भरतपुर महानगरपालिका–१ निवासी चन्दन अग्रवालले गत वर्षको कोभिड सङ्क्रमणका कारण लकडाउन हुँदा बाँदरलाई बिस्कुट र गेडागुडी खुवाउँदै आएका छन् । बाँदरसँगै त्यही रहेका छाडा गाईलाई पनि उनले चापट खुवाउने गरेका छन् ।

साँझको समयमा चना, गहुँ, मकै र केराउको मिश्रणलाई भिजाएर बिहान देवघाट जाने बागेश्वरी वन क्षेत्रमा उनले बाँदरलाई दिने गरेका थिए । कहिलेकाही देवघाटको हनुमान मन्दिर क्षेत्रमा पनि उनले बाँदरलाई खानेकुरा बाँड्ने गरेका छन् ।
 
प्रहरी र स्थानीयले देवघाटमा खाद्यान्न बाँड्दा अवरोध गर्ने भएकाले सो क्षेत्रमा नियमित बाँड्न नपाएको उनको गुनासो छ । दैनिक २० किलो हाराहारी गेडागुडी र आठ किलो चोक्कर उनले बाँड्दै आएका छन् । आफू जिल्ला बाहिर र व्यस्त हुँदा बुबा उमाशङ्कर र भाइ रञ्जनले खाना बाँड्ने गरेको उनले सुनाए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार १४:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।