सुर्खेत । स्थानी तह निर्वाचनमा तालमेल गर्नेबारे केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटिरहेको बेला कर्णाली प्रदेशमा भएको छलफल पनि निष्कर्षमा पुग्न सकेको छैन । गठबन्धन भित्र रहेका दलहरुबीच भएको छलफलबाट निकास नभएपछि मंगलबार बेलुकी सम्ममा सहमति गर्ने भन्दै आज बैठक सकिएको छ ।
कर्णालीमा सत्ता गठबन्धनबीच तालमेलमा समस्या देखिएका जिल्लाहरुमा मंगलबार साँझसम्म सहमति गरेर प्रदेशमा पठाउन आग्रह गरिएको छ । सल्यान ,डोल्पा र मुगु जिल्लामा गठबन्धन भित्र सहमति हुन सकेको छैन । गठबन्धन भित्रका सबै दलले जिल्ला स्थित कार्यालयलाई सहमति गरेर जानकारी पठाउन आग्रह गदै एक दिन समय दिएको बताएका छन् ।
सोमबारको बैठकमा प्रदेश अध्यक्षका अलवा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वाला, माओवादी केद्रका इञ्चार्ज कालीबहादुर मल्लको पनि सहभागिता रहेको थियो ।
एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अमरबहादुर थापाले गठबन्धनलाई सफल बनाउन लचकताका साथ लाग्नुपर्ने बताए । सबैले केन्द्रमै पर्ख र हेरको नीति लिएका छन् । यहाँबाट सहमति नगरेपनि केन्द्रबाट भाग बण्डा गरेर पठाउने संकेत पाएपछि जिल्ला र प्रदेशमा दबाब परेको हो ।




















प्रतिक्रिया