Logo

राउटे युवतीहरुलाई मदिरा खुवाएर बनाएको ‘अश्‍लिल’ भिडियो सामाजिक सञ्‍जालमा, ३ जना पक्राउ



सुर्खेत । सुर्खेतमा राउटे समुदायका युवतीहरुलाई मदिरा मदिरा खुवाएर अश्‍लिल भिडियो बनाउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले होटल सञ्‍चालकसहित तीनजनालाई पक्राउ गरेको हो ।

राउटे युवतीहरुलाई होटलमा बोलाएर आफू अर्धनग्‍न भएर उनीहरुलाई अश्‍लिल बोल्‍न लगाउँदै बनाएको भिडियो सामाजिक सञ्‍जालमा अपलोड भएपछि प्रहरीले अनुसन्धान थालेको हो । उक्त अनुसन्धानका क्रममा होटल सञ्‍चालक सुर्खेतको गुर्भाकोट नगरपालिकाका २९ वर्षका होटल सञ्चालक विनोद पुन, ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

ती युवाहरूले भिडियोमा जबरजस्ती युवतीलाई बोल्न लगाएका छन् । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । 

हाल राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा ४६ घरधुरीका १४५ जना बसोबास गरिरहेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १२:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।