Logo

राजनीति

उपप्रधानमन्त्री राजेन्द्र महतोको घर अगाडि गाडियो कालो झन्डा



राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको घर अगाडि पुत्ला दहन र कालो झण्डा गाडिएको छ ।

स्वतन्त्र युवाहरूको समूहले आइतबार बेलुका सिनामंगलस्थित महतो बस्ने घर अगाडि पुत्ला दहन गर्दै कालो झण्डा गाडे‍का हुन् ।

युवाहरूले ‘भारतीय नागरिक’ महतोले राष्ट्रलाई टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै चर्को नारावाजीसमेत गरेका थिए । शुक्रबार मन्त्री नियुक्त भए लगत्तै महतोले  बहुल राष्ट्रिय मुक्ति आन्दोलका लागि आन्दोलन गर्ने बताएका थिए ।

उनले आफ्नो भनाइको चर्को आलोचना भएपछि विज्ञप्ति जारी गर्दै गलत प्रचार गरिएको अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १९:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।