नेकपा एमाले नेतृ शान्ता चाैधरीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली लचिलाे भएकाे बताएकी छन्।
ओली पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काउन तयार भएपछि चाैधरीले फेसबुकमा लेखेकी छन्, ‘पार्टीलाई ०७५ जेठ जेठ ३ को अवस्थामा पुर्याउन पर्यो भन्ने माग थियो पुरा भयो। पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीले देश भरका पार्टी कार्यकर्ताको भावनाको सम्मान गर्नु भएको छ, पार्टी, आन्दोलन, देश र जनता सम्झिएर एकताका लागि हामीले कल्पना गरे भन्दा बढी लचिलो हुनुभएको छ।’
ओलीकाे आह्वानलाई नकार्दै बेतुकका कुरा गर्नु भनेकाे एकता नचाहेकाे हुने उनले बताएकी छन्। ‘अब पनि अस्वीकार गर्नु भनेको विरोधीसँग पार्टीलाई ध्वस्त बनाउने कसम खाइएको रहेछ कि भनेर बुझ्न पर्ने हुन्छ। त्यसैले हामी कार्यकर्ता गरेको यस्ता शंकालाई मिथ्या प्रमाणीत गरेर एकता कायम राखौं, लाखौं कार्यकर्ताको चाहना पुरा गरौं,’ उनले भनेकी छन्।




















प्रतिक्रिया