कालिका । कालिका नगरपालिका वडा नं ३ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । कालिका नगरपालिका वडा नं ३ को अध्यक्षमा गठबन्धनबाट माओबादी केन्द्रका वीरेन्द्र तामाङको प्यानल नै विजयी भएका छन् । उनले १०५२ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद अधिकारीले ८९२ मत प्राप्त गरेका थिए ।
त्यस्तै महिला सदस्य प्रतिमा भुलन (नेका) १०९१, महिला दलित सदस्य लिला दमाई (नेका) १०५०, खुल्ला सदस्यद्वय बुद्धिप्रसाद ढकाल (माओबादी केन्द्र) १०३० र कृष्णबहादुर प्रजा (नेका) ले ११४१ मत पाएका थिए ।
कालिका वडा न ३ बाट मेयरमा एमालेका विननोद रेग्मीले ९०४, गठबन्धन (नेका) का शिवराम केसीले ११६८ र उपमेयरमा एमालेका बिमला लामाले ९४३ र गठबन्धन (माओवादी केन्द्र) की सबिता लामाले १०९६ मत प्राप्त गरेका थिए ।





















प्रतिक्रिया