Logo

विचार / ब्लग

कुखुरापालनमा एन्टिबायोटिकको दुरुपयोग, विकल्प के ?



सबैखाले प्रतिजैविक औषधिको यदि लामो समय वा निर्धारित मात्राभन्दा बढी प्रयोग गरे, गराइयो भने मानिस होस वा पशुपक्षी सबैमा यसले फाइदा पुर्‍याउने भन्दा प्रतिकुल असर तिनको स्वास्थ्यमा पुर्‍याउँछ । पशुपालनमा एन्टिबायोटिकको प्रयोग पशु रोगको उपचार तथा रोगको नियन्त्रण जस्ता कल्याणकारी कार्यका साथै अधीक उत्पादन गरी आर्थिक लाभ लिनका लागि पनि प्रयेग गर्न आवश्यक मानिन्छ । पशुपालन गरिने जुन मुलुकमा पशुको गोठको सरसफाइ तथा विभिन्‍न खाले रस्वा तथा संक्रामक रोगको नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गरिएका हुँदैनन् । यस्ता ठाउँमा पालेको पशुपक्षीलाई रोग लागिसकेपछि उपचार गर्न प्रयोग गरिने मात्राभन्दा कममात्रामा एन्टिबायोटिक पशुलाई दिने हो भने पशुको उत्पादकत्व स्थिर राख्‍न तथा वृद्धि गर्न सहायक हुने मानिन्छ । जनस्वास्थ्यका दृष्किोणले पनि यसरी एन्टिबायोटिकको प्रयोगले पशुपक्षीबाट साल्मोनेला जस्ता विष्णु वातावरण प्रवाहित गर्न कम गराउने गरेको विज्ञको अनुमान छ । यसका साथै कुखुरामा अन्डा कुहिने रोग तथा बंगुरमा आउँमासी झाडापखालाका रोग नियन्त्रण गर्ने गरेको पाइन्छ ।

उपचारात्मक एन्टिबायोटिकको प्रयोग छुट्टाछुट्टै जनावर वा सानो समूहका जनावरलाई निश्चित तथा छोटो अवधिका लागि रोग अनुसार प्रयोग गरिन्छ । अर्को तर्फ निरोधात्माक रुपमा प्रयोग गराइने एन्टिबायोटिक पशुपक्षीका ठूला बथानमा उपचार गर्दा प्रयोग गरिने मात्राभन्दा कम मात्रामा केही लामो समयसमम प्रयोग गराइने गरिन्छ । अर्कोतिर उत्पादकत्व शारीरिक तौलको द्रुत निकाश पशुपक्षीमा होस् भन्‍नका लागि एन्टिबायोटिक टाइलोसिन भिरगिनियामाइसिन वा त्यस्ता तत्व जुन खासै एन्टिबायोटिक भनिने समूहमा प्रयोग गराइन्छ । जसले आएनोफोर समूहका औषधिहरु धेरै मात्रामा केही लामो समय वा जनावर गोठ खोरमा रहेसम्म प्रयोग गराइन्छ ।

जनस्वास्थ्यको सुरक्षाको दृष्टिकोणले पशुजन्य उत्पादनमा एन्टिबायोटिकहरुको अवशेषको उपस्थितिले चुनौती सिर्जना गरेको छ । जनस्वास्थ्यकर्मीको टाउको दुखाइ यति मात्र हो । आज पशुपंक्षी पालनका क्रममा एन्टिबायोटिकको प्रयोग यति विस्तारित भएको छ कि पशुजन्य उत्पादनका लागि पालिएका पशुहरुमा तिनको समग्र उत्पादन दिने वा उत्पादन भित्र्याउने बेला सम्म ८०% पशुपक्षीमा धेर-थोर वा निरन्तर प्रयोग गरे, गराइएको तथ्य पाइन्छ । सबै खाले प्रतिजैविक औषधिको यति लामो समय वा निर्धारित मात्रा भन्दा बढी गरे, गराइयो भने मानिस होस वा पशुपक्षी सबैमा यसले फाइदा पुर्‍याउनेभन्दा प्रतिकुल असर तिनको स्वास्थ्यमा पुर्‍याउछ । यस्ता पशुबाट उत्पादित मासु तथा पशुजन्य पदार्थ हाम्रो भान्सा घरमा पुगे भने प्रयोगकर्तामा पनि यसको लक्षण देखाउन के-को आइतबार । न्युन मात्रामा जथाभावी यी एन्टिबायोटिकको मनोमानी दुरुपयोग गर्नाले पशुमा रोग लागि सकेपछि एन्टिबायोटिक प्रयोग गरि उपचार गर्दा औषधि र बिरामी निको पार्न निष्प्रभावी हुन्छ नै । बरु त्यस्ता पशुबाट उत्पादन हुने पशुजन्य उत्पादनमा सञ्चय भइ अवशेषको रुपमा रही ती उत्पादनसहित मानिसको शरीरमा प्रवेश गर्नेछ ।

एन्टिबायोटिकको निष्प्रभावकारिताको खतरा अनि चुनौती :

एक्काइसौं शताब्दीको प्रवशसँगै चिकित्सा विज्ञानले जनस्वास्थ्य क्षेत्र बिरामी उपचार गर्दै बेहोर्न परेको  चुनौती बिरामीको उपचारमा प्रयोग गरिने चलनचल्ती तथा उत्तराधुनिक एन्टिबायोटिक उपचार निष्प्रभावी हुनु मानिन्छ । यसो हुनुको मुख्य कारण पशुपक्षीमा अनियन्त्रितरुपमा हुने गरेको एन्टिबायोटिकको प्रयोगले ती पशुबाट उत्पादित पशुजन्य उत्पादनमा हुन जाने गरिन्छ । तिनको आवश्यक उपयोगको परिणतिको रुपमा लिइएको छ । अझ खाद्य शृंखलाका माध्यमबाट पशुमा नै एन्टिबायोटिक प्रतिरक्षात्मक विकास भएमा जीवाणु मानिसको शरीरमा प्रवेश गर्न सक्ने खतरा उत्तिकै छ । पशुपक्षीमा उपचारका क्रममा चाहिनेभन्दा बढी मात्रा तथा अनावश्यक रुपमा एन्टिबायोटिक प्रयोगले उत्पन्‍न समस्याले मानव स्वास्थ्यलाई त पिरोलेकै छ । यसका साथै पशुपक्षीहरुमा पनि रोगको रोकथाम गर्न अनि एन्टिबायोटिक पहिलै खुवाएपछि हलक्क जीउ लाग्छ भनी एन्टिबायोटिक  जथाभावी प्रयोग गर्दा पशुपक्षि साँच्किै बिरामी पर्दा ब्याक्टोरियाले गर्दा बिरमाी भएको पशुलाई एन्टिबायोटिक दिइ उपचार गर्दा निष्प्रभावी हुने गरेको समस्याले कृषक मात्र होइन, मै हुँ भन्ने पशु चिकित्सक रनभुल्ल परेको कथा पनि छ ।

होइन , यी ब्याक्टेरियाले, एन्टिबायोटिक निष्प्रभावी कसरी बनाउँछ ?

यसबारे भिन्‍नभिन्‍न सिद्धान्त पक्रिया हुने गरेको छ, उदाहरणका लागि सालमोनेला टाइफिमुरीयाम प्रजातिको ब्याक्टोरिया जुनसुकै खाले एन्टिबायोटिकको सम्पर्कमा आउँदा आफूलाई तुरुन्तै सुरक्षित पार्छ भने साल्मोनेला डब्लिएन भने त्यही खाले एन्टिबायोटिक लामो समयसम्म प्रयोग गर्दा पनि संवेदनशील रहन्छन् । अर्थात, नष्ट भएर जान्छन् । त्यसैगरी स्ट्रेप्टोकोकस ओरियसका लागि पेनिसिलियन समूहको एन्टिबायोटिक प्रयोग गर्दा छोटो समयमा निष्प्रभाविताको समस्या देखापर्छ भने स्ट्रेप्टोकोकस निमोनिया प्रजातीमा यो समस्या देखा पर्न २० वर्षको समय लाग्‍नसक्ने तथ्य भेटिन्छ पशुपक्षी उपचारका लागि फलरोकुयिनोल समूहको औषधि प्रयोगमा ल्याउँदा कम्पाइलो ब्याक्टर प्रजातिका ब्याक्टोरिया तथा अप्रामाइसिन एन्टिवायोटिक प्रयोगमा ल्याउँदा । इकोलाइ तथा सालमोनाला प्रजातिका व्याक्टोरियाले छिटै निष्प्रभावी पारे भने एम्पिसिनलाई निष्प्रभावी पारे भने एम्पिसिलिनलाई निष्प्रभावी पार्न  भने लामै समया प्रयोग गराएको हुनुपर्ने दृखिन्छ । एकपटक प्रयोगपछि केही समय छाडेर प्रयोग गर्दा ट्रासाइक्लिन समूहका एन्टिबायोटिकमा भने व्याक्टेरिया यिनको निष्प्रभावी गराउन क्षमता रहिरहने गर्छ  । यस विपरीत एमोपारसिन जस्ता एन्टिबायोटिकको हकमा भने यसको ठीक विपरीत हुने गर्छ । त्यसै पनि बिरामीलाई बिरामी परेपिच्छे एकैखाले एन्टिबायोटिकको प्रयोग गर्दा यस्तो समस्या बल्झिन सक्छ ।

पशुपक्षीलाई असर गर्ने व्याक्टोरियामा एन्टिबायोटिक निष्प्रभावी पार्ने क्षमताको अध्ययनको स्थिती 

पशुपंक्षिमा उपचार गरिदा प्रयोग गरिने निष्प्रभाविताबारे साह्रै कम अध्ययन अनुगमन तथा सर्वेक्षण भएको पाइन्छ । केही प्राज्ञिक केन्द्रले इकोलाइ तथा सालमोनाला जस्ता ब्याक्टोरियाका बारेमा गरेको देखिन्छ अझ जथाभावी एन्टिबायोटिक प्रयोग गराइ पालेका पशुपक्षीबाट प्रायः हुने पशुजन्य पदार्थ जसमा एन्टिबायोटिक अवस्थितिको स्थिति तथा त्यस्ता पशुजन्य आलो उत्पादन मानिसले उपभोग गर्दा मानव स्वास्थ्यमा पर्ने स्वास्थ्यजन्य प्रभाव अनि जटिलताको अध्ययन त शुन्यप्रायः छ ।  पशुपक्षी आफैँ  बिरामी नहुँदा पनि  रोग नियन्त्रण एवं तौल वृद्धिका लागि पशुपक्षीलाई प्रयोग गराइने एन्टिबायोटिकका कारण पशुपक्षीका लागि सहयागी हुने आन्द्रामा पाइने इकोलाइ प्रजातिका व्याक्टेरिया एन्टिबायोटिक प्रभाव मुक्त भइ पशुपक्षीका तन्तुमा समाहित हुन जाँदा पनि त्यस्ता पशुबाट प्राप्त पशुजन्य पदार्थले मानिसमा एन्टिबायोटिक सहनशील ब्याक्टेरिया ओसार्न सक्छ । जसको कारण मानिस बिरामी पर्दा दिइने एन्टिबायोटिक निष्प्रभावी हुने समस्या देखिन सक्छ ।

टेट्रासाइकिन सल्फोनामाइड अमाइनो ग्लाइकोसाइडजस्ता एन्टिबायोटिक प्रयोग गरी उपचार गरे गराइएका बथानमा यो समस्या सर्वव्यापी भएको तथ्य भेटिन्छ । तर एम्पिसिलिन तथा ओलाकबिनडोकस समूहमा भने केही कम देखिन्छ । एकैथरी ब्याक्टेरियाले धेरै खाले प्रयोगमा बजारमा उपलब्ध एन्टिबायोटिक निष्प्रभावी पार्नु जस्ता समस्या आज पशुचिकित्साकर्मी अनि मानव स्वास्थ्य उपचार क्षेत्रमा कार्यरत विज्ञका लागि यो टाउको दुखाइ भएको छ । यसबाहेक हाम्रा पशुजन्य स्तरीय उत्पादन विदेशी बजारमा त निषेधित छन् नै हाम्रा आफ्ना तारे होटलमा अन्यत्रका पशुजन्य पदार्थ १७ अरबको वार्षिक आयत हुन्छ ।

जनस्वास्थ्यमा एन्टिबायोटिक निष्प्रभाविताले सिर्जना गरेको समस्या 

पशुपक्ष‍ी पालन गर्दा ती पशुपक्षी बिरामी नपर्दै तथा बिरामी भएपछि पनि जथाभावी किसिमको मात्रा र समय सीमासम्म आवश्यक-अनावश्यक एन्टिबायोटिक प्रभाव राख्‍नसक्ने जीवाणु मानिसको शरीरमा प्रवेश गरी बासस्थान बनाउन सक्छ । त्यसो नभए पशुजन्य उत्पादनमा अवस्थित एन्टिबायोटिकको अवशेष पशुजन्य हुँदै जाँदा मानिसको शरीरलाई प्रतिकुल असर पार्ने ब्याक्टेरियाले आफूमा एन्टिबायोटिक रहन शरुलताको क्षमता विकास गर्न सक्छ । जसका कारण मानिस जनसमुदाय कुनै कारणले बिरामी हुन पुगे तिनलाई उपचार गर्न दिइने एन्टिबायोटिक निष्प्रभावी हुनजाने सम्भावना नै आजका हाम्रा नाम चलेका नर्सिङहोमका विज्ञ चिकित्साकर्मीको टाउको दुखाइ हो । विश्व भूगोलमा जहाँ पनि यो समस्या देखिएको छ । 

यसको मुख्य कारण पशुजन्य उत्पादनको सेवनले खाद्य शृंखलाबाट नै जनस्वास्थ्यमा सरेको देखिन्छ आज पशुजन्य स्वास्थ्यकर्मी अनि मानव जनस्वास्थ्यकर्मीको मथिगल बिग्रेको यतिले मात्र हो । यसका लागि पशुपक्षी बधपछि मासु टुक्राटुक्रा पारी हाम्रा भान्छा पुग्‍नुभन्दा पहिले ती पशुका तन्तुमा एन्टिबायोटिकको अवशेषको अवस्थितिको विश्लेषण गर्ने हो भने हाम्रा पशुपालन क्षेत्रमा के-कस्ता समूहका एन्टिबायोटिकहरुको प्रयोग भएको छ भन्‍ने यकिन गर्न सकिन्छ । जसअनुसार उत्पादन थलोमा नै यी रसायनको प्रयोगको न्यूनीकरण निषेध तथा नियमन मात्र गर्ने हो भने यो समस्या आधा समाधान हुन्छन् । युरोपलागायतका पश्चिमी विकसित मुलुकमा यो प्रक्रिया कानुनी रुपमा थालनी भएको छ । त्यसैले त्यहाँ निषेधित एन्टिबायोटिक समूह हाम्रो एग्रोभेट पसलमा आधुनिक अति प्रभावशाली सबैखाले पशुपक्षीका रोगब्याधीका लागि रामवाणजस्तो विशेषतासहित सर्वव्यापी छन् । न दुर्गम न त सुगम तीनको प्रयोगको मात्रा अवधि कस्तो अवस्थामा प्रयोग गर्ने प्रयोगपछि कति दिन रोकेपछि यसको अवशेष पशुपक्षीको शरीरबाट विसर्जन हुन्छ । जसपछि मात्र त्यस पशुबाट उत्पादित पशुजन्य उत्पादन जनसमुदायका लागि उपयोग गर्न सुरक्षित हुन्छ भन्नेबारे सूचना दिने फुर्सद ती आयातकर्ता बिक्रेता तथा सल्लाह दिने पशु स्वास्य प्रविधिक पशुचिकित्सक तथा ज्ञिलाई फुर्सद ती आयातकर्ता बिक्रेता तथा सल्लाह दिने पशु स्वास्थ्य प्रविधिक पशुचिकित्सक तथा ज्ञिलाई फुर्सद पो कहाँ छ ।

यो समस्या कसरी न्युनीकरण गर्ने ?

जनस्वास्थ्य एन्टिबायोटिक निष्प्रभावकारिता समस्या न्युनीकरण गर्न हालको पशुपालन व्यवस्‍थापनमा सन्तुलित सुधार तथा प्रचलित सरुवा तथा संक्रामक रोगहरुमो व्यवस्थित नियन्त्रण एव रोकाम गर्नु हाम्रा प्राथमिकतामा पर्नुपर्ने हुन्छ । मासु तथा अन्य पशुजन्य पदार्थको उत्पादन प्रशोधन स्वास्थ्य सफा स्वाच्छ वातावरणमा गर्ने सुनिश्चित तथा पशुपक्षीबाट मानिसमा सर्ने रोग बारेमा पशु उत्पादन मानिसको उपभोगका लागि तयार गर्ने बेलामै उचि निगरानी गर्न हो भने आधा जनस्वास्थ्य सुरक्षित हुनेछ । यसबाहेक मानिसका उपचार हुने थलो उपस्वास्थ्य चौकी स्वास्थ्य चौकी स्वास्थ्य चौकी प्राथमीक उपचार केन्द्र जिल्ला क्षेत्र उपक्षेत्र अनि विशिष्ट उपचारका लागि सञ्‍चालनमा रहेका नर्सिङहोममा कार्यरत स्वास्थ्यकर्मी चिकित्सक तथा विज्ञहरुले एन्टिबायोटिक प्रयोगले मात्र सबै खाले रोगव्याधी निको हुन्छ भन्‍ने मोह त्यागी जुन बिरामीलाई जुन समूहको एन्टिबायोटिक उपयुक्त मात्रा र अवधिका लागि चाहिने हो । 

युरोपियन युनियन तथा पश्चिमा मुलुकमा पशुपालनमा रोग नियन्त्रण एव तौल तथा उत्पादन वृद्धिका लागि भनी प्रयोग गरिने एन्टिबायोटिक  प्रयोग कानुन निषेध गरेको स्थिति छ । पशुपक्षी पालनमा स्वच्छता तथा सफाइ एव स्वास्थ्यको स्थितीको व्यवस्थापकीय सुधार यसका उत्तम विकल्प हुनसक्ने तथ्य इंगित गरेको छ तर हामी भन्छौं जाबो गाई भैँसी भेडा बाख्रा कुखुरा बंगुरलाई बस्‍ने ठाउँ किन सफा सुग्घर चाहियो ।

यसका लागि विभिन्‍न खाले इन्जाइम जैविक अम्ल प्रो-बायोटिकस र प्रि-बायोटिक माइकोटक्सिन वाइन्डर वनस्पती जन्य आयुर्वेदिक औषधि तथा तेल अनि रोग सहन सक्ने क्षमता वर्धक औषधीको नियम प्रयोग प्रयोजनहिन हुनसक्छ । यसका लागि पहिला पशु चिकित्साकर्मी तथा विज्ञ चिकित्सकहरुको चिन्तनमा परिवर्तन आवश्यक छ ।

प्रि-बायोटिक प्रो-बायोटिकअनि सक्सिनवाइन्डर युक्त औषधिको प्रयोगले पशुको शरीरमा पुगेपछि पशुको शरीरमा रहेका पशुको स्वास्थ्यमा असर पुर्‍याउने जीवाणु विषाणुलाई विस्थापित गरि शरीरबाहिर निकाल्न मद्दत पुर्‍याउँछ । यसबाहेक त्यस्ता शरीरलाई क्षति पुर्‍याउने सूक्ष्म जीवलाई आवश्यक पर्ने आहरा तथा पोषकतत्व प्रयोगबाट रोक्छ भने पशुमा दाना आहारबाट प्राप्त हुने पोषक तत्वको अत्यधिक उपभोग गराउन मद्दत पुर्‍याउछ । जसका कारण पशुपक्षी पनि हृष्टपुष्ट अनि तन्दुरुस्त हुन्छन् । अनि जाबो त्यो सूक्ष्म जीवले के लछारपाटो लगाओस् त ।

अर्कोतर्फ जैविक अम्ल तथा तीनका नुनजन्य गुणको कारण पशुपक्षीको दानापानीमा प्रयोगको उपादेयताका बारे विगत २५ वर्षको वैज्ञानिक अध्ययन अनुसन्धानको निचोड  झन आशलाग्दो छ । यिनको दानापानीमा प्रयोगले ब्याक्टोरिया वंश वृद्धिमा नै अवरोध पुर्‍याउँछ । दानापानीसँग मिसिएर पुगेका यो रसायनले पशुपक्षीको पेट आन्द्रामा अवस्थित ती सूक्ष्म जीवाणुलाई समेत नष्ट पार्छ पशुपक्षीलाई त हाइसञ्‍चो बिरामी नै नपर्ने गरी थापिएको इन्जाइम वनस्पतिजन्य औषधि अनि रोग राख्‍नसक्ने क्षमतावर्धक औषधिको नियमित प्रयोग गर्ने हो भने हाम्रा पशुपक्षीलाई रोग किन लागोस् । किन अन्यत्र प्रयोग भनेको महँगो एन्टिबायोटिकमा खर्च किसानले गर्नुपर्‍यो । हाल प्रयोग गरिने औषधि पशुको शरीरमा नै प्रयोग भइ सकिने हुँदा यिनको अवशेष तिनबाट उत्पादित पशुजन्य उत्पादनमा अवशेषका रुपमा सञ्‍चय पनि हुँदैनन् । एन्टिबायोटिक जस्तै अनि हाम्रा पशुजन्य उत्पादन विशुद्ध जैविक (आर्गनिक )  उत्पादन हुन जान्छन् । जुन जनस्वास्थ्यका लागि सुरक्षित पनि हुन्छ ।

अन्त्यमा आजको जलवायु परिवर्तन भुवाष्पिकरण ग्लोबल वार्मिङले पिरोलेको यो भूमण्डलमा अवस्थित मानव समुदाय पशुपक्षी तथा बोट-बिरुवाकै लागि गुणात्मक स्वास्थ्य जीवन कसरी प्राप्त गर्ने भन्‍ने बडो जोखिमपूर्ण चिन्ताको विषय यस क्षेत्रमा कार्यरत जनस्वास्थ्यकर्मीमा रहेको छ । यसका लागि हाल अत्याधिक मात्रामा प्रचलनमा रहेको एन्टिबायोटिकहरुको प्रयोग मानिस तथा पशुपक्षीमा हुने गरेको प्रयाग दुरुप्रयोग अनि अतिउपयोग कसरी न्यून निषेध नियमन गर्न साथै यसको विकल्पमा प्रयोग गर्न सकिने लाभदायक सुरक्षित औषधिको प्रयोगलाई कसरी प्रोत्साहन गर्ने बारे औचित्य पुष्टि गर्ने बारे चुनौती पनि छ । किनभने नानीदेखि लागेको बानी मानिसमा हत्तपत्त के जान्थ्यो र ?

यसका लागि मुलुकमा भित्रिने सबैखाले औषधीजन्य रसायन त्यसका प्रष्ट विवरण तीनको आधिकारिक व्याक्तिबाट सिफारिस भइ आएपछि मात्र प्रयोग पशुपक्षीमा प्रयोगपछि तिनबाट उत्पादित पशुजन्य पदार्थ जनसमुदायका लागि आम उपयोगका लागि बिक्री गर्न अवधि एन्टिबायोटिकको किसिम अनुसार पशुपक्षीको शरीरबाट विसर्जनको निश्चित अवधि अवलम्बन गर्ने गरेको तथा त्यस्ता पशुजन्य उत्पादन पशुबाट प्राकृतिक रुपमैउत्पादन बिन्दुमा यस्ता एन्टिबायोटिक अवशेषको अवस्थितिको विश्लेषण गर्नुपर्ने अनिवार्य कानुनी व्यवस्था गरिनुका साथै मानिसको स्वास्थ्यलाई प्रतिकूल असर पार्ने मात्रा तथा स्तरमा एन्बायोटिकको अवशेष भेटिएमा त्यस पशुपालन क्षेत्रबाट उत्पादन भएका पशुजन्य पदाथै मानविर उपभोगका लागि निषेध गरिनुपर्छ अनि मात्र जनसवस्थ्य सुरक्षित हुन्छ ।

(लेखक सेवा निवृत वरिष्ठ पशु चिकीत्सक  हुन् । हाल भेटेरी जनस्वास्थ्य कार्यालायका सल्लाहकार छन् ।)

 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार ११:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।